logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • झापामा व्यावसायिक प्याज खेती शुरु

    झापामा व्यावसायिक प्याज खेती शुरु

    5.5K
    Shares

    झापा १५ पुस । तीन युवाले झापा गाउँपालिका–६ मा उत्सहापूर्ण रुपमा व्यावसायिक प्याज खेती शुरु गरेका छन् । फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्धशान्ति गाउँपालिका–३ का केशव भूर्तेल र स्थानीय सोमनाथ प्रसांइ मिलेर प्याज खेती शुरु गरेका हुन् । 

    ती युवाले १० वर्षका लागि २२ बिघा जग्गा भाडामा लिएर कोरियाली प्रविधिद्वारा व्यावसायिक प्याज खेती शुरु गरेका छन् । ‘झापालाई प्याजमा आत्मनिर्भर हाम्रो लक्ष्य छ’, केशव भूर्तेल भन्छन्, ‘यहाँको मागलाई धान्न आफ्नै खेतबारीमा प्याज फलाउन सकिन्छ भन्ने किसानलाई सन्देश दिन पनि हामीले प्याजको खेती शुरु गरेका हौँ ।’ उनीहरुमध्ये न्यौपाने कोरियाबाट फर्केका युवा हुन् । कोरियामा सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गरेर जिल्लासँगै नेपाललाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको भूर्तेलले बताए। 

    े शुरुमा २२ बिघाबाट शुरु गरे पनि भविष्यमा ५० बिघामा खेतीको विस्तार गर्ने उनिहरुको योजना रहेको छ । यतिबेला उनिहरुले प्याजको बेर्ना रोप्न शुरु गरेका छनु । प्रतिबिघा १० हजार केजी प्याज फलाउने उनिहरुले बताएका छन् । 

    यसअघि सप्तरी, बारा, सिराहा, रौतहट, कैलाली, रूपन्देही, धनुषा, सर्लाही, खोटाङमा प्याजको व्यावसायिक  खेती गरिँदै आएको छ भने झापामा यो पहिलो हो । 

    स्थानीयवासीलाई रोजगारी मिल्ने र बजारको पनि समस्या नहुँदा प्याज खेतीबाट मनग्य आम्दानी हुने स्थानीयवासी सोमनाथ प्रसाईँले बताए । उनले प्याजको बेर्ना लगाउन शुरु गरिएको हुँदा यतिबेला ५० जनालाई रोजगारी समेत दिएको बताए । 

    उनिहरुले मल्सिङ प्रविधिबाट प्याज खेती शुरु गरेको जानकारी दिए । हाल ५० जनालाई रोजगारी प्रदान गरे पनि बेर्ना रोपिसकेपछि  १० देखि १५ जना स्थानीयवासीलाई दैनिक रोजगारी दिइने उनिहरुको भनाइ छ । ‘हामी बिचलित हुँदैनौं’, उनले भने, ‘अरु खेतीभन्दा यसको खेतीमा लगानी पनि धेरै हुने र मेहनत पनि धेरै भए पनि बजारको भने समस्या हुँदैन ।’ उनका अनुसार प्याज उत्पादन भइसक्दा प्रतिकेजी रु १५ देखि २० सम्म खर्च हुने अनुमान छ । 

    कृषि ज्ञान केन्द्र झापाका कृषिविद् शालिकराम भट्टराईले प्याज खेतीका लागि बलौटे माटो चाहिने हुँदा झापा त्यसका लागि उपयुक्त रहेको बताए । प्याज रोपेको चार महिनामा बजार पठाउन मिल्ने उनको भनाइ छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend