logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • चिनियाँ मोटरसाइकल कम्पनी हाउजेकाे शाेरुम चावहिलमा पनि 

    चिनियाँ मोटरसाइकल कम्पनी हाउजेकाे शाेरुम चावहिलमा पनि 

    6.7K
    Shares

    काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेकाे माेटरसाइक ल्याएकाे छ । हाउजेकाे शाेरुम काठमाडाैंकाे चावहिलमा पनि खुल्ने भएकाे छ ।

    फागुन २१ गते होटेल हयात अगाडी बाइक पस प्रा.लि नामक नयाँ शोरुम उद्घाटन हुने हाउजेको बिजनेश हेड प्रमिला खत्रीले जानकारी दिइन् । 

    डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ । हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । 

    अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् । एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ । यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पर्छ । बाइकको फिचर र विशेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध छन्।

    रेड, ब्ल्याक र ह्वाइट गरी तीन कलारमा बाइक उपलब्ध छन् । हाउजेको टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् । टिआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्री सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कुरा कम्पनीले बताएको छ ।

    डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ ।

    हाउजेको एनके १५० बाइकमा नयाँ कम्पोजिट मेटरियल क्यारियरको रुपमा प्रयोग गरिएको छ । त्यसैगरी यसमा प्रयोग गरिएको एलसीडी डिस्प्लेमा विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ । यसको इन्धन ट्यांकीको क्षमता साढे १२ लिटरको छ । बाइकमा भएको १४९.२ सीसीको इन्जिनले ८.८ किलोवाट पावर र ११.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा फाइभ स्पिड गियरबक्स उपलब्ध छ ।

    यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । नगदमार्फत खरिद गर्न चाहने ग्राहकले सिधै १० हजार रुपैयाँको छुट पाउने र एक्सचेन्ज गर्न चाहनेका लागि सो सुविधा समेत उपलब्ध छ । त्यसैगरी फाइनान्समा समेत बाइक खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

    कमलपोखरीस्थित कृष्ण पाउरोटीको विपरित दिशामा पहिलेको सुजुकी सोरुममा हाउजेको सोरुम उपलब्ध छ । त्यसैगरी काठमाडौं उपत्यकाको टेकु र नयाँ बजारमा पनि हाउजेको सोरुम छ । 

    उपत्यका बाहिर चितवन, हेटौडा र संखुवासभामा यसको सोरुम उपलब्ध छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend