logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    ओली सिध्याउने कुण्ठा, उखालेर आउ – गजल

    ओली सिध्याउने कुण्ठा, उखालेर आउ – गजल

    4K
    Shares

    ओली सिध्याउने कुण्ठा, उखालेर आउ ।
    षड्यन्त्र र कपटी मन, पखालेर आउ ।।

    गुमाइ सक्यौ विश्वास, अब गर्न गाह्राे हुन्छ ।
    छिमेकीले देको फुली, फुकालेर आउ ।।

    फेरि पनी लड्न सक्छौँ, गलत बाटो रोज्यौ भने ।
    अब आउँदा आफ्नै पाइला, सम्हालेर आउ ।।

    भुइँको टिप्न खोज्दा, पोल्टाको खस्यो तिम्रो ।
    विश्वास र आत्मीयता, अँगालेर आउ ।।

    गलत प्रवृत्ती तिम्रो, अन्त्य गर्नु पर्छ माधव।
    सकारात्मक सोच मनमा, संगालेर आउ ।।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend