logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • युवा व्यवसायी खनालद्वारा गैडेआहलमा १५ परिवारलाई १ महिना पुग्ने खाघान्न वितरण

    युवा व्यवसायी खनालद्वारा गैडेआहलमा १५ परिवारलाई १ महिना पुग्ने खाघान्न वितरण

    3.7K
    Shares

    चितवन : युवा व्यवसायी तथा समाजसेवी पुरू खनालले सामाजिक कार्यलाई तीव्र पारेका छन् । 

    पाेल्टी व्यवसायमा अब्बल रहेका खनालले आज फेरि पुर्वी चितवनकाे खैरहनी ४ स्थित गैडेआहलका विपन्न १५ घर परिवारलाई राहत वितरण गर्नुभएकाे छ । 

    व्यवसायसगै सामाजिक अभियान्ताका रूपमा समेत आफुलाई अग्रसर बनाईरहनुभएका खनाल यहाँका विपन्नलाई १ महिनाका लागि पुग्ने गरि चामल,दाल, नुन र तेलसहित प्याकेज राहत वितरण गरेकाे हुन् । हामी व्यवसायी हाैं, व्यवसाय मात्र हाेईन् सामाजिक कार्य र हाम्रो उत्तरदायित्व प्रती म सजक छु उहाँले भन्नुभयाे, लकडाउनले सबै मारमा पर्नुभएकाे छ, हामी सक्ने नसक्नेलाई सहयाेग गर्ने हाे । छ र त दिनसकेकाे हुं । 

    उघाेग वाणिज्य संघ रत्ननगरका उघाेग तर्फका उपाध्यक्ष समेत रहेका खनाल नेपाल ह्ययाचरी उघाेग संघका सहसचिव समेत रहेका छन् । विगतमा समेत पुरू खनालले आफ्नाे सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न दिन दुःखी र गरिबलाई सहयाेग गर्दै आएका छन् । याे राहत वितरण अभियानसगै खनाल लकडाउन र काेराेना भईरसका कारण समस्यामा परेका अन्यलाई समेत सहयाेग गर्ने उद्वघाेष गरेका छन् । उहाँले आज याे सहयाेग खैरहनी हेल्प डेक्स मार्फत विपन्न समुदायकाे घरमा नै पुगेर सहयाेग गरेका छन् । 

    कार्यक्रम खैरहनी हेल्प डेक्सका अभियान्ता एवंम् गेट एफएमका अध्यक्ष रामेश्वर रिजाल, पत्रकार महासंघ चितवनका काेषाध्यक्ष राजेन्द्र आचार्य, अभियान्ता सानू केसी, पुर्ण बाेहरा, शान्तामाणि नहरकी, रामजि कुवंर लगायतकाे सहभागीता थियाे । यसअघि मात्र खनालले चितवनका पत्रकारलाई प्रेस संगठन नेपाल चितवन शाखा मार्फत ५ हजार थान माक्स र १ सय थान सेनिटाईजर सहयाेग गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend