logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • होण्डाको वार्षिकोत्सव अहिले होइन : म्यासेन्जरमा आएको लिंक ‘स्पाम’, नखाेल्न अनुराेध

    होण्डाको वार्षिकोत्सव अहिले होइन : म्यासेन्जरमा आएको लिंक ‘स्पाम’, नखाेल्न अनुराेध

    6.6K
    Shares

    काठमाडौं । होण्डा नेपालले म्यासेन्जरमा डोण्डाको तर्फबाट आएको म्यासेज लिंक नखोल्न अनुरोध गरेको छ ।

    जापानी कार तथा मोटरसाइकल निर्माता कम्पनी होण्डाको ७० औं वार्षिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क म्यासेन्जरमा आइरहेको छ । यो लिङ्क खोलेर त्यहाँ भनिएजस्तै गर्दा स्कुटर उपहार जितेको सन्देशसहित केही नियम आउँछ। त्यसपछि तपाईका व्यक्तिगत सूचना माग गरिन्छ । यसले तपाईलाइ भविष्यमा समस्या हुन सक्छ । 

    त्यो लिङ्कसहितको म्यासेज पाँच वटा समुह अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने सर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गर्ने उल्लेख छ । 

    तर यो म्यासेज ‘स्पाम’ भएकाे र कम्पनीले कुनै उपहारको योजना नगरेको होण्डाले स्पष्ट पारेको छ ।  

    सन् २०१८ सेप्टेम्बर २४ मै स्थापनाको ७० वर्ष पूरा गरिसकेकाले अहिलेको म्यासेज लिंकबारे अनुसन्धान गर्ने होण्डाले जनाएको छ । 

    Honda.png


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend