logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपालीमाथि एसएसबीको ज्यादती : भारतसँग जवाफ माग्दै नेपाल, छानबिन गर्न कांग्रेसको माग

    नेपालीमाथि एसएसबीको ज्यादती : भारतसँग जवाफ माग्दै नेपाल, छानबिन गर्न कांग्रेसको माग

    3K
    Shares

    काठमाडौं। नेपाली कांग्रेसले दार्चुलाको गम्भीर घटनाको छानबिन गर्न माग गरेको छ।  विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वास्तविकता सार्वजनिक गर्दै आफ्ना नागरिकलाई न्याय दिन माग गरेको हो। 

    दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउनेक्रममा महाकाली तर्न तुइन चढेका युवा बेपत्ता भएपछि कांग्रेसले यस्तो माग गरेको हो। 

    स्थानीयले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको बताएका छन्। कांग्रेसले यो घटना दुःखद् मात्र नभएर आपत्तिजनक भएको बताएको छ। 

    ‘दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउंदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु’, विज्ञप्तिमा भनिएको छ, ‘नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ।’ 

    कांग्रेसले घटनाको वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारे संवाद गर्न र नेपाली नागरिकलाई न्याय दिलाउन माग गरेको छ। 

    ‘घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकार समक्ष माग गर्दछु’, शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा थप भनिएको छ, ‘आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु।’ 

     प्रशासनले छानबिन माग गर्दै भारतलाई पत्र पठायो

    जयसिंह बेपत्ता भएको विषयमा छनबिन गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनसँग माग गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले डिएम कार्यालय पिथौरागढ र एसडीएम कार्यालय धारचुलालाई छानबिन गर्न माग गर्दै पत्र पठाएको हो। 

    छानबिनका लागि घटनास्थलमा सुरक्षाकर्मी पठाइएको बताएको छ।  यद्यपि प्रहरीले अहिलेसम्म घटनाको वास्तविकता खुल्न नसकेको बताएको छ।

    यसअघि गृहमन्त्री बालकृष्ण खाँणले तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए ।

    letter-final.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend