२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

डा. डिला सङ्ग्रौलाद्वारा वैदेशिक रोजगारसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता

शुक्रवार , श्रावण २२, २०७८

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले कोभिड–१९ का कारण विदेशमा रोजगारीमा रहेका नेपालीहरूको बारेमा सङ्घीय संसद् प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेकी छन् । प्रस्तावको समर्थकमा प्रमिला राई र रामबहादुर विष्ट रहेका छन् ।

प्रस्तावमा कोभिड–१९ का कारण ‘विदेशमा रोजगारीमा रहेका नेपालीहरुको समस्या, कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई नेपाल सरकारको तर्फबाट भएको सहयोग र वैदेशिक रोजगार असुरक्षित भएकोले त्यसलाई सुरक्षित बनाउन सरकारको योजनालगायतका विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छौँ’ प्रस्तावक डा. संग्रौलाल भनेकी छन्।

देशभित्रै रोजगारी गुमाएका र विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरुलाई प्राथमिकताका आधारमा रोजगारी सिर्जना, तालिम, सहुलियतयुक्त ऋण तथा बजार समेत सुनिश्चित गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

वैदेशिक रोजगारबाट फर्केका र स्वदेशमै पनि बेरोजगार भएका व्यक्तिहरुलाई सरकारले के–कस्तो राहत र रोजगारीको व्यवस्था गरेको छ ? प्रदेश सरकार र स्थानीय निकायसँग समन्वय गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना के छ ? त्यसको विस्तृत जानकारी माग गरिएको छ ।

यस्तै, वैदेशिक रोजगार असुरक्षित भएकोले त्यसलाई सुरक्षित बनाउन सरकारको योजना के छ ? अहिलेसम्म सम्झौता तथा समझदारी भएका मुलुकमा अनुगमन किन नभएको हो ? अब कुन–कुन देशसँग अनुगमन र श्रम सम्झौता हुँदैछ, त्यसको जानकारी माग गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट