logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमाले फुट्नुमा तटस्थवादी सबैभन्दा दोषी !

    एमाले फुट्नुमा तटस्थवादी सबैभन्दा दोषी !

    7.2K
    Shares

     ‘गोजीमा लुकेर मन्त्री हुनेहरुको विचार छैन’

    एकतावादी तटस्तवादी !
    उहाँहरुले नाटक बन्द गरे हुने।
    जता मन लाग्छ तेता जानुहोस, नाटक बन्द गर्नुहोस्। युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा विकास होस भन्ने चाहेको हो देशले  र पार्टी नफुटुन भन्ने पनि चहेका हुन जनताले। 

    एमाले फुट्यो, मानिसहरुले नचांहादै पनि। यो फुट्नुमा अहिले तटस्थवादीहुनेको भूमिका सानो छैन। स्वयम् तपाइँहरुलाई थाह छ। तर तपाईको सिद्धान्त के हो देखिएन। पदमा बस्ने, भोलि पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने। सबैलाई थाह छ एकताका नाममा भैरहेको स्थान सुरक्षा र बार्गेनिङ ! थोरै यो जनता र देशका लागि हो !

    १. हिजो पार्टी फुटाउन प्रेरित गर्ने, बुढा नेतालाई हौस्याउने तपाईंहरु होइन ? नेपाल–खानालले ठिक गरे गरेनन इतिहासले मूल्यांकन गर्छ। 

    उनीहरुले गलत गरेको लाग्छ भने तपाईहरु चुपचाप एमालेमा बस्नुहोस न। के तपाईंहरुलाई नेपाल खनालले धम्क्याए ? तेसो हो भने पुलिसमा जाहेरी दिनुहोस।

    २. थाह छ तपाइहरुले आफ्नो हैसियत के बनाउनु भयो ? अब एमालेमा जांदापनी गुट यथाबत रहन्छ तपाईंका कारणले। तपाइँहरु अर्कोतिर जानुभयो भने पनि गुट बन्छ। तपाईंहरुको हैसियत त बच्चा जन्मिदा संगै निस्कने सालको जस्तो भयो। 

    कहिले कहिले बच्चा जन्मेपछि यस्ले ननिक्लिए आमा मार्छ। तर निक्लिए पनि यो फ्यांकिन्छ। तपाईंहरु बच्चा होइन साल बन्नु भो।

    ३. नेपाल–खनाल र ओलिको मूल्यांकन इतिहासले गर्छ। ओलिको मूल्यांकन पनि इतिहासले गर्छ। इतिहास नियन्त्रणमा राख्ने ताकतवर ऐले सम्म देखिएको छैन। कम्तीमा राम्रो नराम्रो जे भएपनी उनीहरुमा निर्णय गर्ने आंट त रहेछ। जे गरे गरे। तर विचारका कुरा होइन रहेछ्नी तपाइँहरुको ! एउटा उतर दिनुहोस एमाले ब्रान्ड हो वा विचार ? ब्रान्ड हो भने के को अल्टिमेटम, खुरुक्क नेपाल खनाल छोड्नुहोस। तपाइँको विचार मिल्दैन भने ओली  छोड्नुहोस। देश संकटमा भएकाबेला नागरिकलाई सहयोग गर्नुहोस। तर तेसो होइन तपाईंहरु आफना स्वार्थ सिद्ध गर्न राजनीति झन झन गिजोल्दै हुनुहुन्छ। अब तपाईका हातमा केही छैन।

    यो बिग्रेको राजनीतिलाई बिर्सेर बसेको मलाई तपाईंका वाइयात राजनीतिको बारेमा पत्रपत्रिका सामाजिक संजाल र टिभी हेर्दा दिक्क लाग्यो। अब त सकियो कि भनेको फेरि अल्टिमेटम आएछ।

    तपाईहरु ठिक अरु गलत छ्न् भने बोल्सेभिक बनेर देखाउनु होस न। के प्रष्ट भएको छ भने तपाईंहरु बाहिर देखिएजस्तो ओज भएको भोलि देश चलाउने नेता भएको मानिस होइन। तपाईंहरु बुढाहरुका कांध बसेर गोजीमा लुकेर मन्त्री हुनेहरु हो। देश राजनीति अझै नगिजोल्नुहोस्। (संग्रौलाको फेसबुकबाट साभार)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend