logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • कालिकोटमा जिप दुर्घटना : चालकको मृत्यु

    कालिकोटमा जिप दुर्घटना : चालकको मृत्यु

    2.6K
    Shares

    सुर्खेत । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको मृत्यु हुनुका साथै ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

    दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी–१ का विक्रम गिरी भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

    घाइते हुनेमा रास्कोट नगरपालिका–९ का नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, लोक लुवार, रास्कोट नगरपालिका–७ का कमलराज शाही र सान्त्री त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का बदे संज्याल, रत्न सज्याल, सुन्दर सज्याल, तिलक संज्याल पचालझरना गाउँपालिकामा अनिता शाही रहेको उद्धारमा खटिएका ललितजंग बमले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend