logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बलिउड कलाकारको जम्बो टोली लिएर अमिताभ बच्चन नेपाल आउँदै

    बलिउड कलाकारको जम्बो टोली लिएर अमिताभ बच्चन नेपाल आउँदै

    4.7K
    Shares

    काठमाडौं । हिन्दी ‘उचाईँ’  फिल्म सुटिङका लागि बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् ।  भारतीय मिडियामा उल्लेख भए अनुसार उनी  फिल्मको सुटिङका लागि नेपाल आउन लागेका हुन् । 

    पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् । फिल्मको हिमाली क्षेत्रमा सुटिङ गर्नुपर्ने भएकाले निर्देशक बडजात्याले नेपाललाई रोजेको जनाइएकाे छ ।

    राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।

    फिल्मको छायांकनको विषयमा छलफल गर्न केही समय अगाडि निर्देशक बडजात्या नेपाल आएका थिए । करीब दुई साता नेपाल बसेर उनले छायांकन स्थलको टुंगो लगाएका हुन् । फिल्मको छायांकन अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनी थ्री ह्विलर्सले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ ।

    मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend