logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • सामलिङ पावर कम्पनीको आईपीओ बिक्री खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ? 

    सामलिङ पावर कम्पनीको आईपीओ बिक्री खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ? 

    7.9K
    Shares

    काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओ शुक्रबारदेखि बिक्री खुला भएको छ । यस कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । 

    जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४० प्रतिशत अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याइएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको आईपीओ बिक्रीमा ल्याएको हो । 

    यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । स्थानीयले असोज १ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने असोज १७ गतेसम्म खुला रहनेछ । 

    लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend