logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • संसदमा लाग्यो ‘सभामुख मुर्दावाद’ को नारा ! 

    संसदमा लाग्यो ‘सभामुख मुर्दावाद’ को नारा ! 

    4K
    Shares

    काठमाडौं । प्रतिनिधिसभाको बैठक प्रारम्भ भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठकमा अवरोध गरेको छ । 

    बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाए लगत्तै एमाले सांसदले उठेर टेबुल ठोक्दै अवरोध गरेका हुन् । 

    अवरोधपछि सभामुख सापकोटाले एमाले मुख्य सचेतक विशाल भट्टराईलाई बोल्ने समय दिएका थिए । भट्टराईले बोलीसकेपछि सभामुखविरुद्ध नाराबाजी सुरु भएको हो । 

    सभामुखविरुद्ध नाराबाजी गर्नेक्रममा एमाले सांसदले ‘सभामुख मुर्दावाद’ भनेका छन् । एमाले सांसदले संसदमै सभामुखविरुद्ध चर्को नारबाजी गरेका हुन् ।

    UML1.jpg

    पार्टीले कारबाही गरेका सांसदलाई सभामुखले जोगाएको भन्दै एमाले सांसदले उनको विरोध गरेका हुन् ।  एमाले मुख्य सचेतक भट्टराईले पार्टीले कारबाही गरेका सांसदको विषयमा कुनै निर्णय गर्नु नपर्ने बताएकोप्रति आपत्ति जनाए ।

    भट्टराईले बोलेपछि एमाले सांसदले नाराबाजी सुरु गरेका हुन् । सभामुख सापकोटाले पटकपटक कानुनका बुँदा हेर्न आग्रह गर्दासमेत नाराबाजी नरोकिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुखको सचिवालयले संसद् बैठकमा ‘सभामुख मुर्दावाद’ भन्न पाइन्छ भन्दै प्रश्न गरेको छ । 

    सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले भने, ‘संसदमा सभामुख मुर्दावाद भन्न पाइन्छ ?’

    UML.jpg

    नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग एमाले विभाजनको मतियार किन बनेको भनेर जवाफ मागेको छ । प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनेवित्तिकै एमालेका सांसद उठेर अवरोध जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए । भट्टराईले प्रश्न गरे, ‘सभामुखज्यू, एमालेले कारबाही गरेका सांसदको पद जोगाउन र एमाले पार्टी फुटाउन किन मतियार बन्नुभयो । यसको जवाफ चाहन्छौं ।’

    भट्टराईले दल विभाजनका लागि नामै नभएका ६ जना र कारबाही गरेका १० सांसदलाई समेटेर नयाँ पार्टी बनाएको भन्दै निर्वाचन आयोगमाथि पनि आक्रोश पोखे । ‘नियम कानूनविपरीत प्रतिपक्षलाई तल पार्न, हेप्न खोज्छ भने एमाले चुप लागेर बस्दैन । जवाफ नपाएसम्म संसद चल्न दिँदैनौं ।’

    सभामुखले माधव नेपालसहित १४ सांसदको कारबाही सिफारिसबारे प्रचलित कानुनका आधारमा निर्णय लिएको बताए । थप जवाफ दिन अदालतले रोक्ने उनको भनाइ छ ।‘ कारबाही निर्णयको विषय हाल अदालतमा विचाराधीन छ । अदालतमा भएको कुरा बोल्न बन्देज छ’, सापकोटाले भने ।

    सभामुखको यो जवाफमा एमालेले चित्त बुझाएनन् । सांसदहरु रोस्टमतिर अघि बढेर नाराबाजी गरिरहेपछि बैठक स्थगित भएको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend