logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

    एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

    5.1K
    Shares

    काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा जे सुमार र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । 

    बिहीबार बिहान नेपाल आएकी सुमार एमसीसीको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका नेकपा एमाले अध्यक्ष ओली निवास बालकोटमै पुगेकी हुन् । 

    सुमार र ओलीबीच दिउँसो २ बजेपछि भेटवार्ता भएको बालकोट श्रोतले जानकारी दियो । ओलीलाई भेट्न सुमारसहितको प्रतिनिधिमण्डल बालकोट पुगेको हो ।  एमाले टोलीमा स्थायी कमिटी सदस्य विष्णु रिमाल र राजन भट्टराई पनि सहभागी छन् ।

    एमसीसीका लागि नेपालले पाँच वर्षअघि सम्झौता गरे पनि संसदबाट पास भएको छैन । पास गर्ने वा नगर्ने विषयमा अहिले बहस चलिरहेको छ । 

    यही बेला उपाध्यक्ष सुमार नेपाल भ्रमणमा आएकी छन् । नेपालमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

    सुमारले प्रधानमन्त्री देउवासँग शुक्रबार भेट गर्ने कार्यतालिका रहेको छ । 

    samur.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend