logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • तीज गीत : पोहोर साल सोचेझैँ जिन्दगी रैनछ, यसपालि चरी जेलैमा 

    तीज गीत : पोहोर साल सोचेझैँ जिन्दगी रैनछ, यसपालि चरी जेलैमा 

    3.4K
    Shares

    काठमाडौं ।  गत वर्ष ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीत  निकै चर्चित  थियो । मधु क्षेत्रीले गाएको सो गीतले बजार मात्र  पिटेन कोरोना महामारीका कारण घरमै थुनिएर बस्नुपर्ने बाध्यताको पीडा पनि बोलेको  थियो । सोही कारण गीतले निकै चर्चा बटुल्यो । गायिका मधु यही गीतबाट रातारात हिट बनिन् ।

    गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको स्वर तथा नेत्र अर्यालको शब्द सिर्जना छ । संगीत भने गायक खेम सेन्चुरीकै छ । गीत युट्यबुमा एक करोड ७६ लाखभन्दा बढी पटक हेरिएको छ । 

    यसपालिको तीजमा भने चरी जेलैमाले दर्शकको मन जितेको छ ।

    हिन्दु नारीहरूले बिहीबार हरितालिका तीज पर्व धूमधामका साथ मनाइरहेका छन् । निराहार व्रत बसेर शिवालयमा पूजाअर्चनासहित उनीहरू व्रत बसिरहेका छन् । खाली पेटमा रहेका उनीहरू विभिन्न गीत संगीतमा नाचगान पनि गरिरहेका छन् । तर, अधिकांश स्थानमा भने गायिका विष्णु माझीको स्वर रहेको ‘चरी जेलैमा’ गीत बज्ने गरेको छ । 

    तीज गीतको रूपमा तीन साताअघि सार्वजनिक चरी जेलैमा’ अहिले हरेकको जनजिब्रोमा झुन्डिएको छ । बिहीबार तीजका अवसरमा यही गीत बढी प्रयोगमा आएको छ । नारीको वेदनामाथि तयार पारिएका कारण पनि चरी जेलैमाले दर्शक र स्रोताको मन जितेको छ । 

    सो गीत युट्युबमा एक करोड ७८ लाखभन्दा बढी पटक हेरिएको छ । विष्णु माझीको स्वर रहेको उक्तमा सुन्दरमणि अधिकारीको शब्द सृजना र संगीत रहेको छ । सुन्दरमणि र विष्णु माझी श्रीमान् श्रीमती हुन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend