logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • के विष्णु माझीलाई जेलमै पारिएको हो ? खोजीमा मानवअधिकार आयोग 

    के विष्णु माझीलाई जेलमै पारिएको हो ? खोजीमा मानवअधिकार आयोग 

    3.8K
    Shares

    काठमाडौं । यो वर्ष तिजमा ‘चरी जेलैमा’ भन्ने गीत सर्वाधिक चर्चामा रह्यो । करिब दुई महिनामा यो गीत दुई करोड बढीले हेरेका छन् । तर यति मिठो गीत गाउने चर्चित लोकगायिका विष्णु माझी गुमनाम किन ? भन्ने प्रश्न उनका हरेक शुभचिन्तकमा परेको छ । त्यही चासोका कारण अहिले सामाजिक सञ्जालमा चर्चा–परिचर्चा बढको छ । 

    विष्णु माझीका केही आफन्त र साथीभाईहरुले मिडियामै आएर उनका आफ्नै श्रीमान् सुन्दरमणी अधिकारीले बन्धक बनाएर राखेको आरोप लगाएका छन् । यो आरोप कति सत्य हो या उनी आफै गुमनाम हुन चाहेकी हुन् । यसमा उनको श्रीमान्को हात छ ? भन्ने कुरा पत्ता लगाउन राष्ट्रिय मानवअधिकार आयोगले चासो दिएको छ ।

    मानवअधिकार आयोगका आयोगका प्रवक्ता टीकाराम पोखरेलले आइतबार माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई टेलिफोन गरी उनको अवस्था बुझ्न मौखिक निर्देशन दिएको बताए । सञ्चारमाध्यममा माझीको विषयमा आएका विवरणहरुबारे यथार्थ पत्ता लगाउन प्रशासनलाई जानकारी गराएको पनि पोखरेलले बताए ।

    आयोगको मौखिक निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवं एसपी होविन्द्र बोगटीले आइतबार गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली गएको तर, घरमा कोही नभेटिएको बताए । अनौपचारिकरुपमा विष्णुको माइतीमा स्थानीय प्रहरी पुग्दा बुवाआमा बितिसक्नुभएकोले अरु जानकारी लिन नसकिएको बोगटीले बताए । 

    आइतबार नै आयोगले पोखरास्थित क्षेत्रीय कार्यालयलाई पनि बुझ्न निर्देशन दिएको थियो । क्षेत्रीय कार्यालयले पनि स्याङ्जा प्रहरीलाई यसबारे बुझ्न भनेको थियो । आयोगका प्रवक्ता पोखरेलले स्वयं पीडितले उजुरी नगरेसम्म अनुसन्धान र कार्बाहीको प्रक्रिया भने अघि बढाउन नमिल्ने बताए ।

    ‘स्वयं व्यक्तिले म पीडित छु भनेर उजुरी दिएमा अनुसन्धान अघि बढ्ने प्रवक्ता पोखरेलले बताए । यसअघि पनि २०७५ सालमा विष्णु माझीको अवस्थाबारे जिल्ला प्रशासनले चासो दिएको थियो । त्यसबेला स्याङ्जाकै प्रमुख जिल्ला अधिकारीले विष्णु र उनका श्रीमानलाई कार्यालयमा बोलाएर सोधपुछ गरेका थिए ।

    प्रशासनले बोलाएपछि उनीहरु २०७५ साल पुस २ गते त्यहाँ हाजिर भएका थिए । सोधपुछका क्रममा विष्णुले आफूमाथि श्रीमानबाट कुनै किसिमको गलत व्यवहार नभएको बताएकी थिइन् । 
    थुप्रै लोकप्रिय गीतहरुमा स्वर दिएकी गायिका माझी सार्वजनिक जीवनमा कहिल्यै नदेखिएकाले उनलाई श्रीमानले बन्धक बनाएर राखेको चर्चा पहिल्यैदेखि चल्दै आएको छ । चरी जेलैमा गीतको रचनाकार तथा संगीत माझीकै श्रीमान सुन्दरमणि अधिकारीको रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend