logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    ‘थिंक ट्यांक २०२२ -याली अफ होप’कार्यक्रम सम्पन्न

    ‘थिंक ट्यांक २०२२ -याली अफ होप’कार्यक्रम सम्पन्न

    5K
    Shares

    कोरिया । युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित थिंक ट्यांक २०२२ -याली अफ होप कार्यक्रम सम्पन्न भएको छ । २०२० मा सुरु गरिएको -याली अफ होपको यो सातौँ संस्करण हो ।

    साउथ कोरियाबाट भर्चुअल रुपमा भएको सम्मेलनमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले राष्ट्र आर्थिक रुपमा मात्र नभई आत्मिक रुपमा बलियो हुनपर्ने बताए । कोरियामा दिगो शान्ति स्थापना गर्नको लागि संयुक्त राज्य अमेरिकाको महत्वपूर्ण भूमिका रहेको पनि उनले स्मरण गरे । 

    सम्मेलनलाई सम्बोधन गर्दै यूरोपीयन आयोग अध्यक्ष जोसे म्यानुअल बरोसोले दुई कोरियाको शान्तिपूर्ण पुनर्मिलन र कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण वास्तवमा धेरै महत्वपूर्ण रहेको बताए । 

    सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले द्वन्द्वले कसैलाई फाईदा नपुग्ने बताउँदै कम्बोडियमा  १९७५ मा भएको द्वन्द्वमा १५ लाख बढी मानिस मारिएको बताए । 

    सम्मेलनका बत्ताहरुले राजनीतिक, धार्मिक, जातीय र वैचारिक सीमाभन्दा माथि उठेर पारस्परिक निर्भरता (पारस्परिक सम्मान, सहयोग, र हाम्रो साझा मानवताको मान्यता), आपसी समृद्धि र धर्म, संस्कृति, र जातिको सीमाभन्दा बाहिर रहेर आदर्शमा आधारित रहि शान्तिमय संसार निर्माण गर्न पहल गर्ने बताएका थिए ।  

    सम्मेलमा जलवायु परिवर्तन, भूराजनीतिक अवश्था, कोरोनाभाइरस महामारीको चुनौतिहरु, कोरियाली युद्धको ७०औँ वार्षिकोत्सवमा कोरियाली युद्धको दिग्गजहरुलाई सम्मान, शान्ति निर्माणमा अध्यात्मको भूमिका लगायत विषयमा छलफल गरिएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend