logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘डिग्रीसम्म पढाम्ला’मा पल र समीक्षाको रोमान्स (भिडियो) 

    ‘डिग्रीसम्म पढाम्ला’मा पल र समीक्षाको रोमान्स (भिडियो) 

    5.1K
    Shares

    काठमाडौं। पल शाह र समीक्षा अधिकारीको अभिनय रहेको ‘डिग्री सम्म पढाम्ला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। 

    ‘चाइनेजो’ गीतका गायक जीवन पन्त र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीतमा दीपक शर्माले संगीत भरेका हुन्। 

    श्यामश्वेत रसाइलीको म्युजिक एरेन्ज तथा मिक्सिङ रहेको गीतको म्युजिक भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन्। गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादनमा पदम सुवेदीको मिहेनत देखिन्छ। 

    भिडियोमा नायक पल र  अधिकारीको जोडीले उम्दा अभिनय गरेको छ। डिग्री सम्म पढाम्ला, पुदिनाको अचार, शिरमा लाछा डोरी, सिलौटो, बाबियोको डोरी जस्ता गाउँले अर्गानिक ठेट शब्दहरुले गीतमा निक्कै मिठास दिएको देखिन्छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend