logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • संखुवासभा हत्याकाण्डमा काेही पक्राउ परेका छैनन् : प्रहरी 

    संखुवासभा हत्याकाण्डमा काेही पक्राउ परेका छैनन् : प्रहरी 

    5.6K
    Shares

    काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ मा कै परिवारको ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रेस विज्ञप्तिमार्फत घटनामा थप व्यक्ति पक्राउ नपरेकाे जनाएकाे हाे । यसअघि घटनामा नयाँ ट्वीस्ट भन्दै थप एकजना पक्राउ परेको र लोकबहादुरको घरमा मृतकमध्ये एकजनाको मोबाइल भेटिएको भन्दै समाचार आएपछि जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति निकालेको छ । 

    संखुवासभा प्रहरी प्रवक्ता इन्स्पेक्टर शुभेश अधिकारीले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । जिल्ला प्रहरी कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘यस घटना सम्बन्धमा प्रहरीले थप कोही कसैलाई नियन्त्रणमा नलिएको कुरा सबैमा जानकारी गराइन्छ।’

    ९० वर्षीय बुद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको भदौ २१ गते हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न भतिजा नातेदारका लोकबहादुर कार्कीलाई पक्राउ गरिसकेकाे छ ।

    police 1.jpg

    – यसअघि प्रकाशित समाचारमा लाेकबहादुर कार्कीका भाइ पक्राउ भएकाे उल्लेख भएकाेमा सच्याइएकाे छ । –सम्पादक


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend