logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • रिजालको लोकदोहोरी गीत ‘चाँदनी’ सार्वजनिक

    रिजालको लोकदोहोरी गीत ‘चाँदनी’ सार्वजनिक

    8.8K
    Shares

    काठमाडौँ – नेपाली लोक सांगीतिक बजारमा पछिल्लो समय नयाँनयाँ उत्कृष्ट गीतहरू प्रकाशन र सिर्जनाको राम्रो प्रतिस्पर्धा देखिन्छ अन्य गीतसंगीत हरुमा जस्तै  उत्कृष्ट सिर्जना र दृश्य निर्माणमा पनि कुनै कमि नगरी एकपछि अर्को उत्कृष्ट गीत दिन सर्जक तथा गायक गायिका लागी परिरहेकै छ्न् ।

    यसै क्रममा भर्खरै मात्रै सर्जक तथा गायक केशव रिजालले आफ्नो नयाँ कोशेली चादनी दर्शक श्रोता माझ पस्किएका छ्न् ।लोकप्रीय गायिका शान्ति श्री परियार र  केशव रिजालको स्वर रहेको चादनीमा रमेश परियारले शब्द सिर्जना गरेका छ्न भने इस्वर सिंह ले गीतको भाका सिर्जना गरेका छ्न् । मौसम हिमालीको निर्देशन रहेको यस गीतको सम्पादन मनोज कार्कीले  गरेका छ्न भने ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ । लोकप्रीय गायक रामजी खाण र गीता ढुंगानाको उत्कृष्ट नृत्य अभिनय गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

    बिगत केही बर्षयता वैदेशिक रोजगारको शिलशिलामा अमेरिकाको क्यार्लिफोनियामा रहेका रिजाल करिब एक दशक देखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय  छ्न् । पर्वतको पाङमा जन्मिएका  रिजालले  “हिमालको काँख बाट सेती बग्यो ” बोलको गित बाट आफ्नो सांगीतिक शुरूवात गरेका हुन । त्यस यता आफ्नो स्वर लय तथा शब्द सिर्जनामा थुप्रै गितहरु बजारमा ल्याइ सकेका छन्  । उनको सिर्जना तथा स्वर रहेका हिमालको काख,कोदो,नौजाले,लगायतका गीतले यश अगाडि पनि नेपाली सांगीतिक बजारमा राम्रो लोकप्रियता पाएका छ्न् ।

    भिडियो सहित 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend