logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • सांसद गंगा चौधरीको बिषयमा तथ्यहीन समाचार लेखेको भन्दै प्रेस काउन्सिलले गर्यो पाँच अनलाइन बन्द

    सांसद गंगा चौधरीको बिषयमा तथ्यहीन समाचार लेखेको भन्दै प्रेस काउन्सिलले गर्यो पाँच अनलाइन बन्द

    5K
    Shares

     
    काठमाडौं। नियम अनुसार दर्ता, सूचीकरण नभएका पाँच अनलाइन बन्द हुने भएका छन्। प्रेस काउन्सिल नेपालले नेपाल दूरसञ्चार प्राधिकरणलाई नेपालभित्र प्रकाशन र प्रशारण नहुने व्यवस्था मिलाउन अनुरोध गर्दै पत्र लेखेसँगै पाँच अनलाइन बन्द हुने भएका हुन्। 

    सांसद गंगा चौधरीको पारिवारिक विषयमा झुठो र तथ्यहीन समाचार प्रकाशन गरेको भन्दै परेको उजूरीको छानबिनका क्रममा बिना दर्ता सञ्चालन भएका अनलाइन बन्द गर्ने निर्णय काउन्सिलले गरेको हो।
     
    प्रेस काउन्सिलले प्राधिकरणलाई मलायाखबर डटकम, अनलाइन न्युज होस्ट डटकम, समाचारको डोको डटकम, मिडिया ग्यालरी नेपाल डटकम र ईपूर्वेलीपोस्ट डटकमलाई नेपालभित्र प्रकाशन र प्रशारण नहुने प्रबन्ध मिलाउन अनुरोध गरेको हो। 

    ganga.jpg

      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend