logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • चीनबाट काठमाडौं आइपुग्यो ४४ लाख डोज खोप 

    चीनबाट काठमाडौं आइपुग्यो ४४ लाख डोज खोप 

    4.6K
    Shares

    काठमाडौं। नेपाल सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपाल आइपुगेको छ। सरकारले खरिद गरेको ६० लाखमध्ये बाँकी ४४ लाख खोप शुक्रबार काठमाडौं आइपुगेको हो। 

    खोप लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार एकसाथ पहिलो पटक सबैभन्दा धेरै खोप नेपाल ल्याइएको हो। खोप असोज ४ गतेबाट लगाउन सुरु हुनेछ। सबै खोप विभिन्न प्रदेश हुँदै जिल्लासम्म पुर्‍याइने छ। 

    चीनबाट ल्याइएको खोप १८ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहलाई लगाउने तयारी सरकारले गरेको छ। हिमाली जिल्लामा भने १० वर्षमाथिका सबैलाई खोप लगाउने तयारी सरकारको छ। 

    भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुने भएकाले एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर, अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएकोले ४४ लाख डोज ल्याउन सकिने भएको हो । 

    नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

    covid-khopa1.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend