logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल 

    अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल 

    4.7K
    Shares

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा केही बेरमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दैछ । 
    नेपालल अमेरिकाविरुद्ध सुरुवातमा ब्याटिङ गर्न लागेको हो । टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । 

    नेपाल अमेरिकामाथि लगातार दोस्रो जितको खोजीमा छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । शुक्रबारको खेलमा अमेरिका नेपालसँग बदला लिने तयारीमा छ भने नेपाल लगातार दोस्रो जितको योजनामा छ । 

    ओमानमा सुरु भएको त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा सोमबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । 

    अघिल्लो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३० रन बनाएको थियो । अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । 

    नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका थिए । खेल केहीबेरमा सुरु हुँदैछ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend