logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • नेपालको विकास र समृद्धिका लागि एमसीसी संसद्‍बाट पारित गर्नुपर्छ : कानुनमन्त्री कार्की

    नेपालको विकास र समृद्धिका लागि एमसीसी संसद्‍बाट पारित गर्नुपर्छ : कानुनमन्त्री कार्की

    5.8K
    Shares

    काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन्। 

    शुक्रबार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको विकास र समृद्धिका लागी आवश्यक रहेको बताएका हुन्। 

    दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भए पनि संसदबाट पास गराउनुपर्ने उनले बताए। उनले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्नु नहुने उल्लेख गरे। एमसीसी संसदबाट पास गराउनको लागि सबैबीच सहमतिको खाँचो रहेको उनको भनाइ छ ।

    मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने बताए। संसद भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग छलफल जारी रहेको भन्दै उनले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरेका छन्। 

    कोशी टप्पु वन्यजन्तु आरक्षमा शुक्रबारबाट स्थापना भएको कार्यालयले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने उनको भनाइ छ ।

    gynendra-b-k.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend