logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • २६ ओभर खेल्दा चार विकेट गुमाएको नेपाल अमेरिकासँग १०० रनमा सीमित 

    २६ ओभर खेल्दा चार विकेट गुमाएको नेपाल अमेरिकासँग १०० रनमा सीमित 

    3.4K
    Shares

    काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा अमेरिकाविरुद्धको खेलमा २६ ओभर खेल्दा नेपाल चार विकेट गुमाउँदै १०३ रनमा सीमित भएको छ । 

    २३ औं ओभरको समाप्तिमा नेपालले चौथो विकेटको रुपमा विनोद भण्डारीलाई गुमाएको छ । २८ बल खेलेका भण्डारी १० रन बनाएर आउट भएका हुन् । २३ ओभर खेल्दा नेपालले ओपनर कुशल भुर्तेल र आसिफ शेखसँगै रोहित पौडेल  र विनोद भण्डारीलाई गुमाएको थियो । 

    ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालको ब्याटिङ जम्न सकेको छैन । नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा ३७ रन बनाएर आउट भए भने  आरिफ शेख ११ बलमा ३ रन मात्र बनाएर आउट भए । रोहित पौडेलले ११ बलमा २ रनमात्र जोड्न सके । 

    नेपालले १७ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। चौथो विकेटको रुपमा विनोद भण्डारी २३ औं ओभर आउट भएका हुन् । 

    अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल गुल्शन झा रहेका छन् । नेपालका तीव्र गतिका बलर गुलशनले आजै खेलमा डेब्यु गरेका हुन । 

    नेपाल अमेरिकासँगको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend