logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • असोज १० देखि अग्रिम टिकट खोल्ने सहमति

    असोज १० देखि अग्रिम टिकट खोल्ने सहमति

    3.9K
    Shares

    काठमाडौं । असोज १० गतेदेखि अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । आगामी १० गतेदेखि अग्रीम टिकट बुकिङ खुलाउने बिषयमा यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघबीच शुक्रबार सहमति भएको छ । 

    विभागको सभाहलमा भएको दुई पक्षीय छलफलको क्रममा दसैंमा सर्वसाधारणलाई घर जान सहजता प्रदान गर्नका लागि १० गतेदेखि अग्रीम टिकट काट्ने बुकिङ खुला गर्ने सहमति भएको हो । महासंघका अध्यक्ष डोलनाथ खनालकाअनुसार  यो विषयमा भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने  सहमति जनाएको छैन ।

    यसका लागि आगामी ६ र ७ गते थप छलफल गरि टुँगो लगाइने उनले बताए । सार्वजनिक यातायात केन्द्रीय महासंघमा भने  करिब १ सय कम्पनी आवद्ध छन् र एकतिहाइको संख्यामा यात्रुबाहक बस लामो दूरीमा गुड्दै आएका छन् । 

    सरकारले आगामी असोजको ९ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट काट्ने सुविधा खुलाउने विषयमा गृहकार्य सुरु गरेको थियो। करिब २८ लाखभन्दा बढीको संख्यामा सर्वसाधारणले हरेक वर्ष दसैँमा राजधानी छोडेर घर फर्किन्छन् । तर पछिल्लो पटकको दसैँको समयमा कोभिडको चरम महामारी फैलिनुअघि नै अधिकांश सर्वसाधारण राजधानी छाडिसकेका थिए ।

    गत् वर्ष अग्रिम टिकट काट्ने सुविधा नखुल्दा यात्रुहरु निक्कै कठिनाईका साथ दसैँ मान्न सर्वसाधारण राजधानीबाट फर्किएका थिए । दसैँको समयमा बसको टिकटमा निक्कै ठगी हुने भएकाले सरकारले यातायात व्यवसायीको सहकार्यमा वर्षेनी दसैँको मुखमा अग्रिम टिकट काट्ने सुविधा खुलाउँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend