logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • नेपालले अमेरिकालाई दियो १७५ रनको चुनौती : ज्ञानेन्द्र मल्लको अर्धशतक र कीर्तिमान 

    नेपालले अमेरिकालाई दियो १७५ रनको चुनौती : ज्ञानेन्द्र मल्लको अर्धशतक र कीर्तिमान 

    4.1K
    Shares

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकालाई १७५ रनाको चुनौती दिएको छ । 

    टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको अमेरिकाले ४८ ओभरमा अलआउट गर्दै नेपाललाई १७४ रनमा सीमित बनाएको हो । 

    ओडीआईमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक रनको कीर्तिमान राखेका छन् । पूर्वकप्तान पारस खड्काको कीर्तिमान तोड्दै ज्ञानेन्द्रले १५ खेल खेल्दै ओडीआईमा नयाँ कीर्तिमान बनाएका हुन् । सँगै उनले अर्धशतकसमेत पुरा गरेका छन् । कप्तान मल्लले १०५ बल खेल्दै ५५ रन बनाए । 

    कप्तान मल्लले ३ सय ६६ रन जोड्दै सर्वाधिक रनको रेकर्ड बनाएका हुन् । उनले पूर्वकप्तान खड्काले बनाएको ३ सय १५ रनको रेकर्ड तोडेका हुन् ।

    शुक्रबारको खेलमा कमजोर ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए । करण केसी १२ रनमा आउट हुँदा विनोद भण्डारी १० रनमै आउट भए । 

    कुशल मल्लले खाता खोल्न नसकेको खेलमा रोहित पौडेल र सोमपाल कामी २–२ रनमा समेटिए । ओपनर आसिफ शेख  ३ रनमा आउट भए भने सन्दीप लामिछाने ११ रन बनाए । अभिजित सुशन भारीले २ रन जोडे  ।

    अमेरिकाका लागि सौरभ नेत्राभाल्करले चार विकेट लिए भने केली फिलिपले ३ विकट लिए । अमेरिकाले केहीबरमा जवाफी ब्याटिङ गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend