logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाल अमेरिकासँग ६ विकेटले पराजित 

    नेपाल अमेरिकासँग ६ विकेटले पराजित 

    2.3K
    Shares

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकासँग ६ विकेटले पराजित भएको छ । 

    ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा १७५ रनको चुनौती दिएको नेपाल अमेरिकासँग पराजित भएको हो । नेपालले दिएको झिनो लक्ष्य अमेरिकाले २९ ओभर ३ बलमा चार विकेट गुमाएर पूरा गरेको हो  । 

    अमेरिकाको जितमा स्टेभेन टेलरले ६३ बलमा १२ चौका र ३ छक्काको मद्दतमा एक्लै ९२ रन जोडे । यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए ।

    नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए ।

    us-nepal.jpg

    टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको अमेरिकाले ४८ ओभरमा अलआउट गर्दै नेपाललाई १७४ रनमा सीमित बनाएको थियो । 

    नेपाल पराजित भए पनि ओडीआईमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक रनको कीर्तिमान राखेका छन् । पूर्वकप्तान पारस खड्काको कीर्तिमान तोड्दै ज्ञानेन्द्रले १५ खेल खेल्दै ओडीआईमा नयाँ कीर्तिमान बनाएका हुन् । सँगै उनले अर्धशतकसमेत पुरा गरेका छन् । कप्तान मल्लले १०५ बल खेल्दै ५५ रन बनाए । 

    कप्तान मल्लले ३ सय ६६ रन जोड्दै सर्वाधिक रनको रेकर्ड बनाएका हुन् । उनले पूर्वकप्तान खड्काले बनाएको ३ सय १५ रनको रेकर्ड तोडेका हुन् ।

    शुक्रबारको खेलमा कमजोर ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए । करण केसी १२ रनमा आउट हुँदा विनोद भण्डारी १० रनमै आउट भए । 

    कुशल मल्लले खाता खोल्न नसकेको खेलमा रोहित पौडेल र सोमपाल कामी २–२ रनमा समेटिए । ओपनर आसिफ शेख  ३ रनमा आउट भए भने सन्दीप लामिछाने ११ रन बनाए । अभिजित सुशन भारीले २ रन जोडे  ।

    अमेरिकाका लागि सौरभ नेत्राभाल्करले चार विकेट लिए भने केली फिलिपले ३ विकट लिए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend