logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • पुल बनेपछि पर्यटनको केन्द्र बन्दै बाँदर धपाउने भीर 

    पुल बनेपछि पर्यटनको केन्द्र बन्दै बाँदर धपाउने भीर 

    7.6K
    Shares

    बागलुङ। बागलुङ नगरपालिकाको रामरेखा र कुश्मा नगरपालिकाको पाङमा रहेको विश्वकै लामो दाबी गरिएको ‘गण्डकी गोल्डेन बृज’मा कोरोना महामारी कम हुदै जाँदा भीडभाड बढ्दै गएको छ। पहिले बाँदर हेर्न ठाउँ अहिले पुलको कारण पर्वत पाङको अदुवाबारीमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ।   

    केहि वर्ष अगाडि पाङकी मनकुमारी माझीको बिहानदेखि बेलुकासम्म अदुवाबारीमा घाँस काट्ने, दाउरा काट्ने, बाँदर धपाउने काममै दिन बित्थ्यो। आफ्नो जमिनमा रहेको बाली खानका लागी बाँदरसँग घन्साघम्सी परेको पनि उनी सम्झिन्छिन्।
     
    भिरालो जमिन, बाली पनि खासै नहुने, भए पनि बाँदरले हैरान पाथ्र्यौ। बाली सखाप पार्न आएको बाँदरसँग उनको कयौँ पटक जुहारी नै चल्थ्यो। उनको दैनिकी यसरी चलिरहेको थियो। बागलुङ नगरपालिका १ रामरेखा र पर्वतको पाङको अदुवाबारी जोड्ने पुल निर्माण हुने हल्ला त उनले पहिलेदेखि सुनेकी हुन्। अहिले पुल निर्माण हुँदा मनकुमारी बाँदरसँग लुकामारी खेल्ने ठाउँमै व्यवसाय गरेर बसिरहेकी छन्। 

    ‘पहिले र अहिले भन्दा अहिले अदुवाबारी क्षेत्रले फड्को मारेको छ। पहिले यस क्षेत्रमा हामीले बाँदर हेर्न ठाउँ हो, अहिले पुल निर्माण भएपछि हामीलाई धेरै सुविधा भएको छ’, उनले भनिन्, ‘देश तथा विदेशबाट पुल हेर्नका लागि मान्छे आउँछन्।’  

    अहिले लामो पुलमा आउने पर्यटक तथा कालिका मन्दिरमा आउने भक्तजनलाई लक्षित गरेर पर्वतका युवा व्यवसायी मिलेर विभिन्न एड्भेन्चर गेमसमेत संचालनमा ल्याएका छन्। लामो पुलसँगै रहेको न्यू लङ ब्रिज साइड रेष्टुरेन्ट संचालन गरेर युवाले व्यवसाय थालेका हुन्। 

    उनीहरुले एड्भेन्चर गेमको अवधारणा ल्याएर संचालनमा समेत ल्याएका छन्। तर, बाँदर हेर्ने ठाउँमा बनेको एड्भेन्चर गेमसमेत सोचे अनुरुप नचलेको युवा व्यवासायी विकास अर्यालले बताए। 

    ‘पुल संचालन सँगसँगै मैले व्यवसायी गरेको एक वर्ष बितिसकेको छ’, उनले भने, ‘अहिले आन्तरिक पर्यटक आइरहनु भएको छ । तर, अन्य पर्यटक आउनु भएको छैन। सामान्य चलेको छ।  तर, सोचे अनुरुप छैन।’

    ‘गण्डकी गोल्डेन बृज’मा कल्पना गरेजति संरचना विकास भइसकेका छैनन्। कोरोनाको महामारीले पनि बैँकबाट ऋृण लिएर व्यवासाय सुरु गर्न लगानीकर्ता डराएका छन्। महामारी कम हुँदै जाने हो भने आन्तरिक मात्र नभएर बाह्य पर्यटकसमेत भित्रिने सम्भावना देखिन्छ। त्यसपछि मात्र व्यवसायीले लगानी गर्ने स्थानीयको भनाइ छ।

    संसारकै लामो दाबी गरिएको ५६७ मिटर लामो पुलको क्षमता ८५ मेट्रिक टन रहेको छ। २०५९ सालदेखि नै पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको थियो। थानी/बिएलटी/हिमशिखर कन्स्ट्रक्सनले पुल करिब नौ करोड २५ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न गरेका हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend