logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • भरतमणिले जिते ‘कमेडी च्याम्पियन २’को उपाधि, कति पाए पुरस्कार ?

    भरतमणिले जिते ‘कमेडी च्याम्पियन २’को उपाधि, कति पाए पुरस्कार ?

    5.4K
    Shares

    काठमाडौं, २ असोज  लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’  दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले चुमेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि हात पारेका हुन् ।

    पौडेलले गोकुल बास्कोटा देखी  पूर्व युवराज पारस शाहसम्मको  क्यारिकेचर गरेका थिए । जुन प्रस्तुतीबाट निकै तारिफ पाएका थिए ।

    उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की फस्ट रनर९अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ‘टिभिएस अपाचे’ बाइक पाएका छन् ।

    भरतको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति निकै रूचाइएका थिए ।

    गोरखाका सन्तोष थापा तेस्रो भएका छन्। उनले स्कुटर जितेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend