logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कक्षाकोठामै सर्पले डस्दा विद्यार्थीको मृत्यु

    कक्षाकोठामै सर्पले डस्दा विद्यार्थीको मृत्यु

    3.9K
    Shares

    बागलुङ । मंगलबार बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ ।

    गाउँपालिकाको वडा नम्बर ३ नयाँ बजारमा सर्पले डस्दा पाँच वर्षीय अनुप खत्रीको मृत्यु भएको हो । खत्री स्थानीय जनता प्राविमा एक कक्षामा अध्ययनरत थिए ।

    अध्ययन गर्दा गर्दै कक्षा कोठामै सर्पले डसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । घाइते खत्रीको अक्सिजनको मात्रामा कमि आएपछि उनलाई उपचारका लागि गुल्मीको शान्तिपुर लगिएको थियो । गुल्मीमा पनि उपचार हुन नसकेपछि उनको मृत्यु भएको प्रहरीको भनाई छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend