logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • नेप्सेमा १०४ अंकको उछाल, दर्जनबढी कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट

    नेप्सेमा १०४ अंकको उछाल, दर्जनबढी कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट

    5.7K
    Shares

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से अधिकतम १०४.८८ अंकले बढेर २८ सय १६.९५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार ६ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको छ ।

    बुधबार काराेबार रकममा भने केहि गिरावट देखिएको हाे । मंगलबार ७ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब १७ कराेडमात्र भएकाे छ । यस दिन २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले जनाएकाे छ ।

    बुधबार १४ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । जसमा अधिकांश विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र जलविद्युत समूहका कम्पनी रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend