logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • समाजवादी पार्टीको संगठन हेर्न सुदूरपश्चिम जानुहोस् : लक्ष्मी चौधरी

    समाजवादी पार्टीको संगठन हेर्न सुदूरपश्चिम जानुहोस् : लक्ष्मी चौधरी

    5.3K
    Shares

    सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार मात्र कार्यविभाजन गरेको छ । सत्ता गठबन्धनको प्रमुख मानिए पनि सरकारमा सहभागी भइसकेको छैन । समाजवादीको सत्ता गठबन्धन, आगामी कार्यदिशा र समसामयिक विषयमा  समाजवादी पार्टीकी सांसद् लक्ष्मी चौधरीसँग सुनौलो नेपालका लागि सीता न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : 

    नेकपा एकीकृत समाजवादी पार्टी संगठन निकै सानो देखियो नि ?

    आज मात्र हाम्रो केन्द्रीय कार्यसमिति बनेको छ । संगठनके कुरा गर्दा तपाईंले सुदूरपश्चिममा हेर्नुभए हुन्छ, त्यहा हामी एक नम्बरमा छौँ । अन्य ठाँउमा पनि पार्टी प्रवेश गर्नेक्रम जारी छ । सुरुमा सानो जस्तो देखिए पनि हामी संगठन विस्तारमा लागि रहेका छौँ । सम्पर्क मञ्च, जिल्ला, प्रदेशमा संगठन विस्तारको काम धमाधम भइराखेको छ । निर्वाचनसम्म धेरैले समाजवादी पार्टीलाई नै रोज्ने वातावरण बन्दै जान्छ ।

    केपी ओलीको सरकार ढाल्नुभयो, अहिले सत्ता गठबन्धनको सरकारलाई पनि राम्रोसँग काम गर्न नदिएको आरोप छ नि ? 

    केपी ओलीको सरकार हामीले ढालेको होइन, त्यो उहाँकै कर्मले ढलेको हो । त्यो प्रष्ट जनताले देखेका छन् । विगत तीन वर्षको मूल्याङ्कन गर्ने हो भने जनताले विश्वास गरेर दुई तिहाईकै सरकार बनाई दिएकै हो । यसमा वाम गठबन्धनको योगदान छैन भन्ने अवस्था छैन । बहुमत दिए पनि ओलीले न पार्टी, न सरकार दुवै जोगाउन सक्नुभएन । यसको जिम्मेवारी उहाँले नै लिनुपर्छ । माधवकुमार नेपाल बिनाको एमाले अधुरो भएको अनुभव कार्यकर्ताले गरिसकेका छन् । हामी विभाजनको पक्षमा कहिले पनि थिएनौँ तर, बाध्य भएर नयाँ पार्टी बनाएका हौँ । 

    समाजवादी पार्टी अब नेकपा माओवादी केन्द्रमा विलिन हुने हो ?

    यो सम्भव छैन । माधव पक्षमा एकजुट छ, केही माओवादीमा जानुभएको होला । तर हाम्रो पार्टी एकता भन्दा पनि वाम एकता हुनसक्छ । अन्य कुनै पनि राजनीतिक दलहरुसँग गठबन्धन हुनसक्छ तर नेकपा एमालेसँग भने एकता हुँदैन ।

    laxmi-chaudhari-photo.jpg

    एमालेले कारबाही गरेको १४ सांसद्‍मध्ये तपाईँ पनि एक हुनुहुन्छ, कारबाही नगरे संसद्नै चल्न नदिने भनेका छन् नि ?

    पार्टीले निर्देशन दिएपछि प्रतिपक्षको भूमिका निभाउनै पर्यो सांसदले । तर, नियम  अनुसार हुनुपर्छ । नियम एकातिर अर्कोतिर कारबाहीको कुरा गर्नु ठिक हुँदैन । संसदमा मान्छेमाथि मान्छे चढेरै विरोध गरेको देख्दा अनौठो लागेको छ । हामी समानुपातिकका लागि लडेर आएको, संविधान बनाएको तर महिलाहरु नै हामीलाई निकाल्नुपर्छ भनेर लाग्नु दुःखद हो । 

    समाजवादी पार्टीलाई जनताले भोट किन हाल्ने ? 

    हामीले नेकपा एमाले किन जोगाउन सकेनौ ? आफ्नो सरकार किन जोगाउन सकेनौँ ? यी कुरा जनतालाई राम्रोसँग बुझाउनु पर्ने हुन्छ । हामी एमालेको भन्दा फरक र पृथक एजेण्डा लिएर जनतामाझ जानेछौँ । किसान, महिलाको सवालमा पृथक कार्यक्रमहरु लिएर आउनेछौँ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend