logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाली क्रिकेट टिमलाई पाकिस्तानमा क्रिकेट खेलाउँछु : शाहिद अफ्रिदी

    नेपाली क्रिकेट टिमलाई पाकिस्तानमा क्रिकेट खेलाउँछु : शाहिद अफ्रिदी

    7K
    Shares

    पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्ने बताएका छन् । काठमाडौंमा न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न  क्रिकेट कूटनीति आवश्यक रहेको बताए। 

    नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए । कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टोलीलाई नेपाली टिमले हराएको प्रशंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टिमलाई आफूले सक्दो सहयोग गर्ने बताए । आफूले नेपाली क्रिकेट टिमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउने बताए । अफ्रिदीसँग गरिएको कुराकानीको सम्पादित अंश । 

    नेपाल छोटो बसाईँ कस्तो भइरहेको छ ? अनुभव कस्तो छ ?

    म एकदमै खुसी छु । अहिले नेपालमा छु । क्रिकेटको कारण अहिले म नेपालमा छु । योसँगै अर्को महत्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्ययमबाट सम्बन्ध जोडिएको छ । तीन दिनको बसाईको क्रममा नेपालीहरुमा क्रिकेट प्रतिको लगाव निकै पाएको छु । 

    क्रिकेटसँगको लगाव सँगैसँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपाली पाएको छु । मैले केही नेपाली खेल अधिकारीलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु । म पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्नेछु । जुनसुकै विषय होस, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफैमा महत्वपूर्ण छ । यो प्रगाढ हुँदै जाओस् ।

    तपाईँ त क्रिकेटर, नेपाली क्रिकेटलाई कसरी हेर्नु भएको छ, कसरी विश्लेषण गर्नुहुन्छ ?

    नेपाली यु–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु । यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ । पछिल्लो खेल इपिएलमा मैले खेले, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ । सन्दीप लामिछाने लगायत खेलाडीहरुको टोली क्षमतावान छ । उनीहरुले नेपाललाई विश्वमा केही चिनाउन सक्छन् । नेपाली क्रिकेट विकास गर्नका लागि तल्लो तहदेखि नै ध्यान दिनुपर्छ । सरकारको संलग्नता निकै महत्वपूर्ण हुन्छ । सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ । खेलाडीहरुलाई सुविधा मिल्छ । सबै भन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेट प्रति सकारात्मक छ ।

    नेपालको फ्रेन्चाईज लिगसँग जोडिनु भयो, तपाईलाई कुन विषयले जोडिन प्रेरित ग¥यो ?

    म एक व्यवसायिक खेलाडी भएको नाताले मैले क्रिकेटको बारेमा कुरा गर्छु । कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस भन्ने अपेक्षा राख्छ । क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो । 

    पाकिस्तान आफ्ना मित्र राष्ट्र र छिमेकीसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ ।  हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ । भारतमा त क्रिकेटलाई धर्म जस्तै भइसकेको छ । क्रिकेटको माध्ययमबाट सम्बन्धहरुलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ । मलाई यस्तो लाग्छ । क्रिकेट कै माध्ययमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ । यस भन्दा अघि म नेपाल आएको थिइन, नेपाल देखेको पनि थिइन् । मेरो खुट्टामा समस्या हुँदाहुँदै पनि मैले नेपाल भ्रमण गरेको छु । क्रिकेटको माध्ययमबाट नेपालमा  रहेका क्रिकेट प्रेमीहरुसँग प्रेम र सद्भावको सन्देश पनि लिएर आएको हुँ ।

    पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिन सक्ने विषय के के छन् ? कसरी जोडिन सक्छन् ?

    दुई देशको राजनीति आफ्नो स्थानमा छ । क्रिकेटसँग क्रिकेट र क्रिकेट कूटनीति फरक छ । यो पनि एक प्रकारको राजनीति हो । यसबारेमा मेरो बुझाइ अलि फरक छ । यही क्रिेकटबाट जोडिन म नेपाल आएको हुँ । म यहाँ रहँदा जति पनि मानिसहरुसँग भेटभयो मेरो लागि अविश्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कूटनीतिले जोड्न चाहन्छु । पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु । यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन् ।

    तपाईले परिवारसहित फेरि नेपाल भ्रमण गर्ने भन्नु भएको छ । त्यस्तो के विषयले मोहित बनायो ?

    यो भ्रमणमा मैले पुरै नेपाल राम्रोसँग घुम्न पाइन । छोटो भ्रमण छ । आज माउन्टेन फ्लाइट गएँ । सगरमाथा देखेँ । सँगै अन्य हिमाल हेरेँ । मेरो रोमाञ्चक अनुभव रह्यो । त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु । किन भने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुने छैन् । शहर भन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु । धन्यवाद । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend