logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    4.3K
    Shares

    काठमाडाैं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ निष्कासन भएको छ । सोमबारदेखि निष्कासन भएको आईपीओमा इच्छुक लगानीकर्ताले असोज १४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकितका दरले ८ लाख कित्ता आईपीओ जारी गरेकाे हाे । 

    जसमध्ये ५ प्रतिशत सेयर सामूहिक लगानीकर्ता र २ प्रतिशत सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

    आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङका अनुसार कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम भएकाे बताउँछ । 

    कम्पनीकाे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend