logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

    लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

    3.8K
    Shares

    काठमाडौं । लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगन भएको छ । बुधबार दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सरेको हो । 

    प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन् ।

    प्रदेश सभाको नवौँ अधिवेशन सुरु भएयता कुनै बैठक पूर्णरुपमा बस्न सकेका छैनन् । एमालेले आफ्ना सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend