logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • अखिल क्रान्तिकारीको अबको अध्यक्ष को ? 

    अखिल क्रान्तिकारीको अबको अध्यक्ष को ? 

    5.2K
    Shares

    काठमाडौँ। भावी नेतृत्वको रुपमा हेरिने नेकपा (माओवादी केन्द्र) को भातृ संगठन   अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

    यसअघि असोज ८, ९, १०, गतेका लागि तोकिएको सम्मेलन एक सातापछि बिहीबार सुरु भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेपछि सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै सकिने छ । 

    अखिल क्रान्तिकारीको नेतृत्वका लागि एक महासचिव र पाँच उपाध्यक्ष मैदानमा छन् । पार्टी अध्यक्ष प्रचण्ड स्वयम्ले सम्मेलन अगाडि अध्यक्ष पदका उम्मेदवारसँग एक्लाएक्लै भेट गरेर योजना मागिसकेका छन् । 

    औपचारिक रुपमा सम्मेलनले नेतृत्व चयन गर्ने बताइए पनि प्रचण्ड स्वयम्ले त्यसको निर्णय लिएर सम्मेलनमार्फत् अनुमोदन गर्न खोजेको देखिन्छ । पार्टीभित्र सैद्धान्तिक, वैचारिक र संगठनात्मक ढंगले अब्बल रुपमा अगाडि आएका जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुन ‘अनन्त’, कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठसँगै विद्यार्थी नेतृत्व छनोटका लागि नेतृ पम्फा भुसाल, नेता देव गुरुङसँगै माओवादीको विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्यको अग्रसरता कम छैन ।

     टुटफुटले सबै कम्युनिस्ट पार्टी कमजोर भएको अवस्थामा व्यक्तिगत स्वार्थ भन्दा संगठनको अब्बल नेतृत्व छान्नुपर्ने दायित्व माओवादी शीर्ष नेतामा छ। विचारर  क्षमतासँगै संगठनका निम्ति लडाकु शैलीमा भिड्ने नेतृत्व आजको आवश्यकता हो।

    akhil-photo.jpg

    अध्यक्षका ६ दाबेदार को कस्ता ?

    कोरोना महामारीपछिको अवस्था भएकाले परिस्थिति अनुकूल नभएको भन्दै सानो कमिटी बनाउने तयारी अखिलको छ। सम्मेलनले १५ देखि १७ जनाको पदाधिकारी र १५१ जनाको केन्द्रीय कमिटी बनाउने छ ।

    राष्ट्रिय सम्मेलन नजिकिएपछि पाँच उपाध्यक्ष र एक महासचिवसहित ६ जनाको दाबेदारी अध्यक्षका लागि देखिएको छ। सुरेन्द्र बस्नेत, पञ्चा सिंह, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र विजय गौतमलाई नै भावी नेतृत्वको रुपमा हेरिएको छ।
    वरिष्ठ उपाध्यक्षसमेत रहेका झापाका सुरेन्द्र बस्नेत सम्बन्धको हिसाबले सबैभन्दा अगाडि छन्। यसलाई धेरैले उनको लोकप्रियता मान्छन्। पार्टी अध्यक्ष प्रचण्डसँग सिधा सम्पर्क भएको युवा नेतामध्ये उनी एक हुन्। एमफिल तहको अध्ययन गरिरहेका बस्नेतलाई धेरैले भावी अध्यक्षको रुपमा हेरेका छन् । 

    छजना उम्मेदवारमध्ये पञ्चा सिंह एकजना मात्र महिला नेतृ हुन् । उनलाई अखिल क्रान्तिकारीको पहिलो अध्यक्ष बनेर इतिहास रच्ने अवसर छ। 

    रामबहादुर थापाले पार्टी छोडेपछि उनको समूहबाट नेतृत्व छान्नुपर्ने दबाबसमेत अध्यक्ष प्रचण्डमाथि देखिन्छ। यसको फाइदा महासचिव उत्तम अधिकारीले उठाउने चर्चासमेत माओवादी वृत्तमा छ ।  पार्टीमा दरिलो प्रभाव बनाएका प्रभाकर र अनन्तको साथ पाएका दीपक र सुरेन्द्रलाई समेत प्रचण्डले अस्वीकार गर्न सक्ने अवस्था छैन। कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठको लाइनमा रहेका तिलक राज भण्डारी र विजयी गौतमको सम्भावनाको ढोका खुलै छ।

    उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेश पुनसमेत अहिलेका उपाध्यक्ष हुन्। उनी बुढा पुस्तालाई पार्टीको केन्द्रीय समितिमा लगेर युवालाई नेतृत्व दिनुपर्ने बताउँछन्। ‘३५ माथिका नेताले विद्यार्थी संगठनको नेतृत्व गर्ने होइन’, पुन भन्छन्, ‘अबको अध्यक्षमा मेरो स्वतः दाबी छ।’ 

    माओवादीको मातृका यादवसँग एकता हुँदा उपाध्यक्ष बनेका रविकिरण यादवको चर्चा महासचिवको रुपमा देखिन्छ । आइटी इन्जिनियर उनी मातृकाका छोरा हुन्। उनले अहिलेसम्म कुनै पदमा दाबी नगरे पनि उनी सम्भावना बोकेका नेता हुन्। युवा पुस्तामा अध्ययनशील मानिएका सचिव नरेश रेग्मीलाई समेत महासचिवको दाबेदार मानिन्छ। एमफिलसम्मको अध्ययन सकेर पीएचडीको तयारीमा रहेका रेग्मी सचिवमध्येका अब्बल र बौद्धिक मानिन्छन्।

    महासचिव दाबेदारमा प्रभाकरको टिमबाट नारायण खनाल, अनन्तको टिमबाट पवन कार्कीलगायतको नाम चर्चामा छ। कोषाध्यक्ष केशव रावलले यसअघि नै सामाजिक सञ्जालमार्फतमहासचिवको दाबेदारी प्रस्तुत गरेका छन्। रावल अनन्तको टिमका हुन्। प्रभाकरको टिमबाट क्षितिज सापकोटा र अम्बरजंग शाहीलगायतको दाबेदारी छ। कोषध्यक्षसहित १४ जना सचिवले महासचिव र उपाध्यक्षमा दाबी गरेका छन्।

    यो पनि पढ्नुहाेस्  

    अखिलको राष्ट्रिय सम्मेलन : प्रभाकर र अनन्तको लडाइँ, को कति शक्तिशाली ?

    prachanda.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend