logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    चाडपर्वमा हिरोको अफरैअफर : बढी माइलेज खोज्ने उपभोक्ताका लागि अति उत्तम ‘हिरो’

    चाडपर्वमा हिरोको अफरैअफर : बढी माइलेज खोज्ने उपभोक्ताका लागि अति उत्तम ‘हिरो’

    5.6K
    Shares

    पछिल्ला दिनमा अन्य कम्पनीका दुई पाङ्गे सवारी भन्दा हिरोका बाइक धेरै रुचाइएको छ । नेपाली भूगोल सुहाउँदो मोडल र राम्रो माइलेज नै यो बाइक मनपराउनको मुख्य कारणा भएको कान्तिपथस्थित हिरो सोरुमकी म्यानेजर रिता तुलाधरको भनाइ छ । दसैंको अवसरमा हिरोले सार्वजनिक गरेको अफर र यसको लोकप्रियताको विषयमा सुनौलो नेपालका अर्थ ब्युरो प्रमुख  राजेश बर्माले हिरोको कान्तिपथ सोरुम म्यानेजर तुलाधरसँग गरेको कुराकानी :

    हिरो ब्राण्डको इतिहास बताइदिनुहोस् न ?
    भारतको हिरो र जापानको होण्डा संयुक्त रुपमा मिलेर हिरोहोण्डा ब्राण्ड स्थापित भएको थियो। यही ब्राण्डमा लामो समयसम्म मोटरसाइकलको उत्पादन भयो। बलियो, टिकाउ र अत्याधिक माइलेज दिने यो ब्राण्ड निक्कै चलेको पनि हो।

    दुई पाङ्ग्रे सवारी साधनमध्ये केही वर्ष अघिसम्म हिरोहोण्डा ब्राण्ड अग्रपक्तिमा थियो। १९८४ देखि यो दुवै कम्पनी संयुक्त रुपमा हिरोहोण्डा ब्राण्डमा आफ्नो उत्पादन सुरु गरेको थियो। उनीहरुको संयुक्त रुपमा उत्पादन गर्ने सम्झौताको अवधि सन् २०१२ देखि सकिएको हो।

    उक्त सम्झौता सकिएपछि होण्डा र हिरो छुट्टाछुटटै ब्राण्डमा दुई पाङ्ग्रे सवारी साधन उत्पादन गर्दैआएको छ। हिरोले पनि पछिल्लो समयमा नयाँनयाँ प्रविधिसहित युवा पुस्तालाई आवश्यक पर्ने सुविधाका साथ नयाँ आकर्षक डिजाइन र बलियो उपकरणका साथ बजारमा उपस्थित भएको छ।

    पछिल्लो समयमा हिरोले आफ्नो छुट्टै ब्राण्ड स्थापित गर्न सफल भइसकेको छ। हिरो ब्राण्डमा सबै वर्गको चाहनालाई मिलाएर उत्पादन गरिएको छ। उच्च घराना, मध्यम वर्गीय, निम्न वर्गीय र युवा पुस्तालाई सुहाउने गरी यसको उत्पादन गरिएको छ।

    rita-tuladhar.jpg

    हामीसँग कुन कुन सेगमेन्टमा सवारी साधन छन् ?
    हामीसँग अहिले स्कुटर र मोटरसाइकल गरी दुई सेगमेन्ट १८ वटा मोडेलमा दुई पाङ्ग्रे सवारी साधन छन्। महिलालाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले विभिन्न रेन्जमा हिरोले स्कुटर उत्पादन गरेको छ। जुन महिला वर्गमा निक्कै लोकप्रिय बनेको छ। दिदीबहिनीहरुको इच्छाअनुसार चलाउन सक्ने गरी मोडेलहरु उत्पादन गरिएको छ।

    कुन वर्गले कस्ता प्रकारका सवारी साधन रुचाएका छन् ?   
    मध्यमवर्गीयले बढी माइलेज दिने र मेन्टिनेन्स खर्च निक्कै कम हुने खालको सवारी साधन रुचाएका छन्। यसमा १ सय सीसीदेखि १२५ सीसीसम्मका बाइकहरु मध्यमवर्गीय उपभोक्ताले रुचाउनु भएको छ। यसपछि स्प्लेण्डर प्लस छ। अर्को सुपर स्प्लेण्डर छ। यी मोडेलहरु निक्कै रुचाइएको हो। यसका साथै अन्य मोडेललाई पनि त्यतिकै मन पराउनुभएको छ। स्प्लेण्डर सिरिजको बाइक तराईतिर उत्तिकै लोकप्रिय छ। बिहेबारीमा उपहारको रुपमा पनि यही सवारी साधन दिन रुचाइएको छ।

    यसपछि अलिकति हाइफाई वा स्टाण्डर्ड वर्गका लागि १६० सीसीसम्मको एक्सस्ट्रिम १६० आर छ। यसपछि अलि बलियो मस्कुलर भएको १५० सीसीमा हंक मोडेलमा बाइक छन्। यस्ता मोडेल खासगरी युवाहरुले मन पराएका छन्।

    त्यस्तै अहिले १५० र १६० सीसीबाहेक २०० सीसीको बाइक पनि निक्कै चल्तीमा छन्। २०० सीसीमा हामीसँग निक्कै लोकप्रिय भएको एक्सपल्स २०० छ। एक्सपल्स सिरिजमा पनि दुई प्रकारको बाइक छ।  एउटा चाहिँ अफ रोड बाइक छ। अर्को चाँहि जुनसुकै सडकमा गुड्ने बाइक छ। एक्सप्ल्स टि मोडेल ट्युवलेस मोडेलमा उपलब्ध छ। यो गाडी अलि पाको उमेर समूहका उपभोक्ताले पनि चलाउन सक्ने गरी बनाइएको छ।

    अफरोडका लागि आएको एक्सपल्स जोमसोम, सिन्धुली, रारा, कार्भे, मुस्ताङगलगायत डाँडाकाँडा भएका स्थानमा निक्कै रुचाइएको बाइक हो। हिमाली क्षेत्रको प्रोजेक्ट र सर्वेमा धेरै दौडधुप गर्ने व्यक्तिले एक्सपल्स बाइकलाई निक्कै रुचाउनुभएको छ। हाइड्रो पावर, एनजीओ र आईएनजीओमा काम गर्ने व्यक्तिले पनि यो बाइक निक्कै लानु भएको छ। हाम्रो कान्तिपथ शोरुमबाट महिनामा कम्तिमा ४० देखि ५० वटा एक्सपल्स सिरिजका बाइकहरु बिक्री हुन्छन्। 

    हालसम्म हिरो ब्राण्डले कुन सिरिजमा कति प्रकारका मोडेलहरु नेपाली बजारमा ल्याएको छ ?
    हामीसँग मोटरसाइकलतर्फ ५ सिरिजमा १२ मोडेल छन्। यसमा स्प्लेण्डरतर्फ ५ मोडेल छन्। यस्तै ग्लामरतर्फ दुई मोडेल, हंकतर्फ १ मोडेल, एक्सट्रिमतर्फ २ र एक्सपल्सतर्फ २०० टी र एक्सपल्स २०० डीडीएस मोडेल उपलब्ध छन्। यस्तै स्कुटरतर्फ २ सिरिजमा ५ मोडेल छन्। प्लेजरतर्फ ३ र डिस्टिनीतर्फ २ मोडेल नेपाली बजारमा उपलब्ध छन्। 

    दसैं, तिहार र छठलाई लक्ष्य गरी विभिन्न कम्पनीले विभिन्न प्रकारको अफरसहित आफ्ना सवारी साधन सार्वजनिक गरेका छन्। यो चाडपर्वलाई लक्षित गरेर हिरोले कस्तो प्रकारका अफर ल्याएको छ ?

    दसैँ तिहार नेपालीको महान् पर्व नै हो। हर्ष उल्लास वातावरणमा यो पर्व मनाउने चलन छ। दसैंमा नै सवारी साधन जोड्ने परम्परा पनि छ। यही मौकालाई सदुपयोग गरी हामीले पनि विभिन्न प्रकारका विशेष अफरहरु ल्याएका छौं।

    हामीले हिरो ब्राण्डका सवारी साधन खरिद गर्दा सोझै ५ हजार नगद छुट दिने अफर ल्याएका छौँ। यसका साथै हात खाली नजाने गरी १ हजारदेखि १ लाखसम्म स्क्रयाच कुपनको अफर छ। यसका साथै बम्परमा १ जनालाई १ लाख रुपैयाँसम्म पर्ने अफर ल्याएका छौं।

     

    hero.jpg

    हिरो ब्राण्डको सवारी साधन खरिद गर्न चाहने उपभोक्तालाई थप के के सुविधा प्रदान गरिएको छ ?
    हामीले एक्सचेन्ज र फाइनेन्स गरेर दुवै सुविधा प्रदान गरेका छौँ। एक्सचेन्जअन्तर्गत भारतमा निर्माण भएको गाडीसँग साटासाट गर्न सक्ने सुविधा प्रदान गरेका छौँ। फाइनेन्स अन्तर्गत हामीले शून्य ब्याज दरमा पनि उपलब्ध गराउने व्यवस्था गरेका छौँ। ५० प्रतिशत डाउन पेमेन्ट र शून्य प्रतिशत व्याज सुविधा हामीले उपलब्ध गराएका छौँ। नेपाल फाइनेन्ससँग सहकार्य गरी यो सुविधा हामीले उपलब्ध गराएका छौँ।

    अर्को न्युनतम ३० प्रतिशत डाउन पेमेन्ट र २ वर्षको किस्ताबन्दीको सुविधा पनि हामीले उपलब्ध गराएका छौँ। तर यसमा ब्याज लाग्ने व्यवस्था छ। समयमा किस्ता बुझाउँदा ३ प्रतिशत छुट दिने व्यवस्था छ। १३ प्रतिशत मात्रै ब्याज लाग्छ। यो सुविधा सोरुमबाटै उपलब्ध गराएका छौँ।

    यसबाहेक हामीले पार्टसमा ५ वर्षको वारेन्टी सुविधा पनि दिएका छौँ। तर यो सुविधा प्राप्त गर्नका लागि दुई वर्षसम्म हिरो कम्पनीको आधिकारिक वर्कशपमै सर्भिसिङ्ग गर्नुपर्छ। 
    हिरो बाइक अन्य बाइकको तुलनामा निक्कै सस्तो र बलियो छ। रि सेल गर्दा पनि राम्रो भ्यालु पाइन्छ। रि सेल गर्दा १० हजारसम्म बढी नगद प्राप्त हुन्छ। मुख्य कुरा हेर्नुपर्ने मेन्टिनेन्स खर्च हो। त्यो निक्कै कम छ, हिरो ब्राण्डमा। अर्को कुरा माइलेजको हो। त्यो पनि गज्जबको छ। माइलेजकै लागि हिरो ब्राण्ड लोकप्रिय भएको हो। सबै वर्गलाई हुने गरी हामीसँग मोडेलहरु उपलब्ध छन्। 

    अहिले विभिन्न कम्पनीले नेपालमै कारखाना राखेर दुई पाङ्ग्रे सवारी साधन उत्पादन गर्न थालेका छन्। हिरो ब्राण्डको पनि नेपालमै एसेम्बल गर्ने योजना बनाएको छ कि छैन ?
    यो विषयमा हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएकाले केही भन्न सक्ने अवस्था छैन। hero-dd.jpg
      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend