logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • डोटीले तीन महिनापछि बल्ल पायो प्रजिअ

    डोटीले तीन महिनापछि बल्ल पायो प्रजिअ

    4.4K
    Shares

    डोटी । गृह मन्त्रालयले बल्ल डोटीमा प्रमुख जिल्ला अधिकारी खटाएको छ । डोटी विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो ।

    निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको हो । उनले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गरेका थिए । 

    प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएका थिए । यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएका थिए । प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend