logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष बनिन् पञ्चा सिंह

    अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष बनिन् पञ्चा सिंह

    4.7K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् ।

    नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आइतबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएको अखिल स्रोतले बताएको छ । 

    अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो । अखिल क्रान्तिकारीको २२ औं सम्मेलन असोज १४ गतेदेखि राजधानीमा जारी छ। अखिलको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतसहित पञ्चा सिंह, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र विजय गौतमले दाबेदारी प्रस्तुत गर्दै आएका थिए। 

    शनिबार बसेको माओवादीको स्थायी कमिटी बैठकले नेतृत्व चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो ।

    २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुनेछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend