logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • क्रान्तिकारी अध्यक्ष दाबेदार पाँच ‘पाण्डव’लाई पछि पार्ने को हुन् पञ्चा सिंह ?

    क्रान्तिकारी अध्यक्ष दाबेदार पाँच ‘पाण्डव’लाई पछि पार्ने को हुन् पञ्चा सिंह ?

    5.8K
    Shares

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व दाबेदार चार उपाध्यक्ष र एक महासचिवलाई पछि पार्दै पञ्चा सिंह अध्यक्ष चुनिएकी छन्। 

    तीन दिनसम्म राजधानीमा चलेको २२ औं राष्ट्रिय सम्मेलनमा सहमति नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारी अध्यक्षको जिम्मेवारी पञ्चालाई दिन अध्यक्ष दाबेदारलाई मनाएका हुन् । 

    अध्यक्ष पदका दाबेदार नेतालाई बोलाएर प्रचण्डले पञ्चाको नाममा सहमति गराएको खुमलटार स्रोतको दाबी छ । प्रचण्डले अध्यक्षमा पञ्चाको नाममा सहमति भएपछि अन्य पदाधिकारी चयनको जिम्मेवारी पार्टीलाई नै दिएका छन् । 

    तीन दिनदेखि चलेको क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका शक्तिशाली उम्मेदवार वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत,  तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र विजय गौतमलाई पछि पार्दै अध्यक्ष बनेकी हुन् । 

    अनेरास्ववियुको २१ औं राष्ट्रिय सम्मेलनमा समावेशी उपाध्यक्ष बनेकी पञ्चा कालिकोटमा जन्मिएर जुम्ला कार्यक्षेत्र बनाउँदै अखिल क्रान्तिकारीमा होमिएकी हुन् । देशमै पछाडि परेको भनिएको भूगोलकी पञ्चाले पहिलो महिला अध्यक्ष जिम्मेवारी पाएर इतिहास रचेकी हुन् ।

    Untitled-1.jpg

    २२ औं सम्मेलनमा देखिएका अध्यक्षका ६ दाबेदारमध्ये उनी एक्ली महिला हुन् ।  अखिलको १७औँ सम्मेलनबाट लेखनाथ न्यौपाने अध्यक्ष हुँदा केन्द्रीय सदस्य बनेकी सिंह माओवादीसँग नारायणकाजीको एकता हुँदा सचिवालय सदस्य बनेकी थिइन्। उनी सचिवालय सदस्य बन्दा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत केन्द्रीय सदस्य थिए।  

    अघिल्लो अर्थात् २१ औँ राष्ट्रिय सम्मेलनमा जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’को टिम बन्दा सिंह प्रभाकरको टिमबाट चुनाव लडेकी थिइन्। अहिले चुनाव नहुने स्थिति बनेपछि सहमतिकै आधारमा पञ्चाले अध्यक्षको जिम्मेवारी पाएकी हुन् । नेता प्रभाकर अर्थमन्त्री बन्नु पञ्चाका लागि सहमतिको सजिलो बाटो भएकोसमेत कतिपयले अनुमान गरेका छन् । 

    राष्ट्रिय सम्मेलन हुनु अगाडि सुनौलो नेपालसँग कुराकानी गर्दै पञ्चाले आफ्नो काँधमा अहिले इतिहास ब्रेक गर्ने ठूलो जिम्मेवारी आएको र त्यसलाई नगुमाउने दाबी गरेकी थिइन् । उनको दाबी आइतबार यथार्थमा परिणत भएको छ ।  

    ‘मेरो लागि यो अवसर र चुनौती दुवै हो’, सुनौलो नेपालसँग उनले भनेकी थिइन, ‘गुट उपगुटका कुरा नगरी महिलालाई नेतृत्वमा ल्याउने मौका यही हो भन्ने कुरा पार्टीले बुझ्नुपर्छ।’

    परिवार नै राजनीतिमा भएको पञ्चाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेकी छन् ।

    क्रान्तिकारी अध्यक्ष पञ्चा चयन भएसँगै अन्य पाँच उम्मेदवार भने केन्द्रीय सदस्य बनेका छन् । प्रचण्डले पञ्चालाई अध्यक्ष बनाउन सहमति दिने पाँच नेता सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतमलाई केन्द्रीय सदस्यको जिम्मेवारी आइतबारबाटै लागू हुनेगरी दिएको स्रोतको दाबी छ । 

    pancha-s.jpg

    यो पनि पढ्नुहाेस्

     पहिलो महिला अध्यक्ष बनिन् पञ्चा सिंह

    क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : को कति शक्तिशाली ?

    अबको अध्यक्ष को ? 

    bashanta poudel.jpg

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend