logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • मनाङ : तीन महिनापछि खुल्यो अवरुद्ध सडक 

    मनाङ : तीन महिनापछि खुल्यो अवरुद्ध सडक 

    4.7K
    Shares

    मनाङ । वर्षा सुरु भएपछि बन्द भएको मनाङको सडक तीन महिनापछि खुलेको छ।  चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने भ्राताङ भिरको सडक तीन मिहनापछि आइतबारबाट सञ्चालनमा आएको हो। 

    लामो समय अवरुद्ध सडक औपचारिक रुपमा खुलेपछि मनाङबासीले पर्यटकलाई निम्तो दिएका छन्। ङिस्याङ गाउँपालिका प्रमुख कान्छा घलेले सडक खुलेसँगै औपचारिक रुपमा पर्यटकलाई निम्तो दिएको बताए। विभिन्न संघसंस्थाको सहयोगपछि खुलेको बाटोले पर्यटकलाई स्वागत गरेको उनको भनाइ छ। 

    तीन महिनादेखि बन्द रहेको सडक मनाङका प्रतिनिधिसभा सदस्य पाल्देन छेपाङ गुरुङको पहलमा खुलाइएको हो। सडक खुलाउनका निम्ति सबै जनप्रतिनिधि उपस्थित हुनुपर्ने भए पनि पाल्देनमात्र उपस्थित भएको गाउँपालिका अध्यक्ष घलेले गुनासो गरे। 

    घलेले सडक अवद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएको बताए। औपचारिक रुपमा सडक खुलेपछि दुर्गम गाउँमा सहजै खाद्यान्न र आवश्यक वस्तु पुग्ने भएको छ। सडक सञ्चालनका निम्ति पाल्देनको सक्रियतामा जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी र स्थानीय निकायले साथ दिएका थिए। मनाङको लाइफलाइन मानिएको सडक खुलेपछि स्थानीय खुशी भएका छन्।  तस्बिर सौजन्य : वासुदेव न्यौपाने 

    7.jpg

    6.jpg

    4.jpg

    3.jpg

    2.jpg

    1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend