logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • ‘रमाइलो जोक्स प्रतियोगिता’को उपाधि दार्जिलिङका अनिललाई

    ‘रमाइलो जोक्स प्रतियोगिता’को उपाधि दार्जिलिङका अनिललाई

    5.4K
    Shares

    काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको उपाधि दार्जिलिङका अनिल राईले जितेका छन् । 

    फस्ट रनरअप लुम्बिनीका निश्चल अर्याल र सेकेण्ड रनरअप काठमाडौंका सुलव भट्टराई बनेका छन् । त्यस्तै थर्ड रनरअप झापाका मनिष आचार्य भएका छन् भने फोर्थ रनरअप ललितपुरका महेश खनाल बनेका छन् । जसमध्ये उपाधि विजेताले नगद ३ लाख रुपैयाँ जित्न सफल भएका छन् ।

    त्यस्तै फस्ट रनरअप, सेकेण्ड, थर्ड र फोर्थले क्रमश २ लाख, १ लाख, ५० हजार र २५ हजार रुपैयाँ क्रमश प्रदान गरिएको कार्यक्रमका निर्देशक कमल राईले जानकारी दिए । 

    रिदम स्क्रिनका निर्देशक राईका अनुसार कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

    बुद्धि तामाङ (हैट), अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ निर्माणक रहेका कार्यक्रमलाई कोरोना महामारीको समयमा दर्शकले रुचाएको आयोजनले जनाएको छ ।

    प्रतियोगिताको फाइनलको अवसरमा गायिका टिका लामिछाने, कार्यक्रमका निर्देशक कमल राई, गायक तथा कार्यक्रमका स्पोन्सर रोशन अधिकारी, गायक किरण गजमेर, गायिका मञ्जु लामा, गायक प्रनिम राईले प्रस्तुति दिएका थिए ।

    त्यस्तै कार्यक्रमका मुख्य प्रायोजक तथा नक्षेत्र फाउण्डेसनका सीईओ अर्जुन सुवेदी र उपाधि विजेता अनिल राईले कार्यक्रम प्रभावकारी बनेको बताए । कार्यक्रमको सञ्चालन अमेरिकामा सुनिता गुरुङले र नेपालमा राधिका कँडेलले गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend