logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड र अर्डमलाई

    शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड र अर्डमलाई

    2.9K
    Shares

    काठमाडौं । यस वर्षको शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड जुलियस र अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

    नोबेल पुरस्कारको घोषणा स्टकहोल्मस्थित कारोलिस्का इन्स्टिच्युटमा सोमबार गरिएको हो । नोबेल एसेम्बलीले स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएकोमा उनीहरुलाई नाबेल पुरस्कार दिएको समेत जनाएको छ । 

    ‘मानिसको तातो, चिसो र स्पर्श थाहा पाउने क्षमता जीवनयापनको लागि निकै महत्वपूर्ण मानिन्छ । हामीले दैनिक जीवनमा यसलाई हल्कारुपमा लिन्छौं तर हाम्रो स्नायु प्रणालीले तापक्रम र दबाब थाहा पाउने काम कसरी सुरु गर्छ त भन्ने प्रश्नको उत्तर समेत यस वर्षको नोबेल पुरस्कार विजेताले दिएका छन्’, नोबेल एसेम्बलीले भनेको छ । 

    डेभिड जुलियस अमेरिकी र पाटापोउटियन लेबनानका नागरिक हुन् । उनीहरुको अहिले पत्ता लगाएको खोजबाट मानिसको स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श गरेको थाहा पाउँछ भन्ने बुझ्न सहयोग गर्छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend