logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोका–कोलाद्वारा पहिलो सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक 

    कोका–कोलाद्वारा पहिलो सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक 

    8.3K
    Shares

    काठमाडौँ । कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । 

    यो रिपोर्टले सन् २०२० को अवधीमा समावेशी, दिगो र उज्ज्वल भविष्यको लागी कम्पनीको प्रयासहरुलाई दर्शाएको छ ।  रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिंग, कार्बन कटौती, कोभिड १९ को अवधीको प्रतिक्रियासहित कर्पोरेट नागरिकताका व्यक्तिलाई फाइदा पु¥याएको छ ।

    कोका–कोलाले आफ्नो दशकको कार्यलाई सम्पन्न गर्दै लगेको छ । यसले संयुक्त राष्ट्र संगको १७ वटा दिगो विकास लक्ष्यहरुलाई आफ्नो मुख्य रणनीतिमा समावेश गरेको छ । नेपालका लागि कोका– कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘ सन् १९७३ देखि हामी कोका–कोलालाई हरेक नेपालीको रिफ्रेसमेन्टको पहिलो रोजाइको पेय पदार्थ बनाउने व्यवसायमा अघि बढेका छौंँ । ४० बर्षभन्दा बढि समयदेखि हामी कम्युनिटी  ड्रिभन, कस्टमर फोकस्ड भएर पेयजन्य पदार्थ उत्पादन गर्दैआएका छौं ।’ 

    पानी भनेको कोका–कोलाको व्यापार र यसको समुदायहरुको स्वास्थ्यको दीर्घकालीन सफलताको लागी केन्द्रित  छ ।  कम्पनीले राष्ट्रको लागी पानी सुरक्षा सुनिश्चित गर्ने क्रममा पानीको स्रोतहरुको सम्मान र संरक्षण गर्ने जिम्मेवारी लिएको छ । 

    नेपालमा कोका–कोलाले २००% भन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको छ । जसमा रेन वाटर हार्वेस्टिंग, ग्राउन्ड वाटर रिचार्ज र वाटरएड र स्मार्ट पानी सँगको वाटरशेड पुनःस्थापना साझेदारी जस्ता परियोजनाहरु सहभागी छन् । कोका–कोलाले पेय पदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाको लागी नेपाल भरका समुदायलाई दोब्बर पानी फिर्ता दिने जनाएको छ ।

    सन् २०१८ मा कोका–कोलाले विश्वव्यापी रूपमा “वल्र्ड विथआउट वेस्ट” अभियानको  घोषणा गरेको थियो । जसको उद्देश्य सन् २०३० सम्म बेचिएका सबै बराबरको बोतल र डिब्बाहरुलाई संकलन र रिसाइक्लिंग गर्ने थियो । यसको ग्लोबल भिजनको समर्थनमा कोका–कोलाले “वल्र्ड विथआउट वेस्ट” को उद्देश्य प्राप्त गर्न आगामी दिनमा आउने परियोजनाहरुले पुरा गर्ने उल्लेख गरिएको छ । 

    रिसाइक्लर साथी र क्रियसन, हिमालयन क्लाइमेट इनिसिएटिभ, डोको रिसाइक्लर्स र ब्लू वेस्ट २ भ्यालुको संयोजनमा रिफ्रेस र रिसाइकलहरु सामेल रहेका छन् । यी परियोजनाहरु काठमाडौँका २ नगरपालिका र काठमाडौं बाहिरका ७ नगरपालिकामा रहेका छन् । 

    यी परियोजनाहरुका साथै कोका – कोलाले नेपाली सेनासंग २ बर्षसम्म “माउन्टेन क्लिन अप क्यामपियन” को लागी सहकार्य गरेको छ । यो मल्टी–स्टेक होल्डरको राष्ट्रिय कार्यक्रमको उद्देश्य भनेको पहाडलाई सुरक्षा गर्नु र हिमालयमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नु होे । 

    कोका –कोलाले आफ्नो पोर्टफोलियोमा प्रयोग हुने पीईटीलाई घटाउन अफोर्डेबल स्मल स्पार्कलिंग प्याकेज (एएसएसपी) टेक्नोलोजीको माध्यमबाट पोलिइथाइलीन टेरेफ्थलेट (पीईटी) बोतलहरुलाई हल्का तौलको बनाएको छ । 

    यसले प्लानेटलाई सफा बनाउनको लागि आफ्नो प्याकेजिंग को रि–इमाजिनिंग गरिरहेको छ । डिजाइन इनोभेसन र हल्का वजनमा निर्मित रहेको एएसएसपी प्याकेजिंग २५० मिलीलीटर र ५०० मिलीलीटरको भेरियन्टमा उपलब्ध छ । यस्तै न्यूनतम प्रणाली ब्रेकेज बाहेक बजारबाट १००% रिकभरी को लागि आरजीबी (रिटर्नेबल ग्लास बोतल) को प्रयोग गरिन्छ । जसलाई १००% रिसाइकल गर्न सकिन्छ । 

    यसबाहेक, कोका –कोलाले सेकेन्डरी प्याकेजिंगमा प्लास्टिकको उपयोगलाई कम गर्नको लागि विभिन्न आपूर्तिकर्ताहरु संग सहकार्य गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend