logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • सहकारी ठगी प्रकरण : पूर्व सांसद तामाङकै योजनामा यसरी ठगियो ७० करोड ८७ करोड १३ लाख रुपैयाँ

    सहकारी ठगी प्रकरण : पूर्व सांसद तामाङकै योजनामा यसरी ठगियो ७० करोड ८७ करोड १३ लाख रुपैयाँ

    4.4K
    Shares

    काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ता सदस्यहरु करोडौँ रुपैयाँ ठगी प्रकरणमा नेकपा एमालेका पूर्व सांसद इच्छाराज तामाङकै मुख्य हात रहेको पाइएको छ। 

    सहकारीको बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगिसकेपछि पनि खाताबाट रकम झिक्न नदिइ योजनाबद्ध रुपमा ठगी गरेको प्रहरीले जनाएको छ। एक सय १७ बचतकर्ता आफैँले जम्मा गरेको रकम झिक्न नपाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा उजुरी दिएका थिए। सीआइबीले लामो समय अनुसन्धान पश्चात पूर्व सांसद तामाङलगायत १२ जनालाई पक्राउ गरेको छ। 

    कीर्तिपुर ट्याङलाफाँट घर भएका पूर्व सांसद तामाङसँगै को–अपरेटिभका सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवान बहादुर सिंह, जुनियर असिष्टेन्ट मेनेजार मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकर प्रसाद पाठक, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह, पूर्व लेखासमिति सदस्य हरिहर लामिछानेलाई सीआइबीले पक्राउ गरेको छ। 

    बचतकर्ताले रकम झिक्न पटक–पटक ताकेता गर्दा पनि फिर्ता नपाएपछि प्रहरीलाई गुहारेका थिए। आफ्नो निक्षेप जोखिममा रहेको देखेपछि बचतकर्ताले सहकारीका कर्मचारी एवं पदाधिकारीलाईसमेत ध्यानाकर्षण गराएका थिए। त्यतिगर्दा पनि पैसा नआउने छाँट पाएपछि बचतकर्ताहरु प्रहरी गुहार्न बाध्य भएका थिए। नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने विषयमा यो को–अपरेटिभ टाढिएको थियो।

    Untitled-1.jpg

    सीआइबीका प्रमुख डीआइजी धिरज प्रताप सिंहका अनुसार यो को–अपरेटिभले सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरित एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनाहरुमा लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण को–अपरेटिभका बचतकर्ताको रकम कुम्ल्याउने काम गरेको देखियो। जानीजानी जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका बिभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा रकम लगानी गरेको आशंका प्रहरीको छ। 

    सीआइबीले पक्राउ परेका १२ जनाविरुद्ध सम्पत्ति शुद्दीकरणको कसुर गरेको हुनसक्ने आशंकामा सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसूर अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाउने भएको छ। ‘सहकारीका सञ्चालक समितिको सदस्यहरुको योजनामै जम्मा भएको रकम आफू खुशी लगानी गरेर बचतकर्तालाई हानीनोक्सानी पुर्‍याएको देखिन्छ,‘सिआइबीका प्रमुख सिंहले भने,‘निक्षेपकर्ता तथा सर्वसाधरणहरुले यो को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए उजुरी लिएर आउनुस्।’ 

    आफू अध्यक्षहुँदा श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर सेयर बिक्री

    तामाङले आफू को–अपरेटिभको अध्यक्ष हुँदा श्रीमती सिर्जना शाक्यसँग कागजी सम्बन्ध विच्छेद गरेर बैंकको संस्थापक सेयर बिक्री गरेको पाइएको छ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सिभिल बैंकमा सिर्जनाको नाममा रहेको १७ करोड ५३ लाख ५९ हजार ४ सय रुपैयाँको संस्थापक सेयर बिक्री भएको थियो। आधार मूल्यमै कर्मचारी सञ्चय कोषलाई आफ्नो संस्थापक सेयर बिक्री गरेर तामाङले चलाखी गरेको पाइएको छ। 

    श्रीमान बैंकको अध्यक्ष भएका बेला श्रीमतीले सेयर बेच्न नपाउने प्रावधान छ । कानुनी अल्झनका कारण इच्छाराज र सिर्जनाले कागजी सम्बन्ध बिच्छेद गरेको नाटक गरेर बैंकमा रहेको सिर्जनाको संस्थापक सेयर बिक्री भएको देखिन्छ।

    बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ मा संवैधानिक पद धारण गरेको व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाइएको छ । पूर्व सांसद रहेका तामाङ बाफियाको उक्त व्यवस्था कार्यान्वयनमा आएपछि सिभिल बैंकको अध्यक्ष पद छाडेर श्रीमती सिर्जनालाई सञ्चालक बनाएका थिए । पछि फेरि सिर्जनालाई सञ्चालकबाट हटाएर फेरि बैंकको अध्यक्ष भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend