logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिँचाइका सव– इन्जिनियर दुई लाख घुससहित पक्राउ

    सिँचाइका सव– इन्जिनियर दुई लाख घुससहित पक्राउ

    3K
    Shares

    काठमाडौं । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बसुन्धरामा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार केसी दुई लाख घुससहित पक्राउ परेका छन्।

    उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको हो। केसीले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुसबापत दुई लाख रुपैयाँ मागेको आरोप आयोगको छ।

    आयोगको मुख्य कार्यालय टंगालबाट खटिएको टोलीले केसीलाई सेवाग्रहीबाट लिइसकेको दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको जानकारी आयोगका नारायण प्रसाद रिसालले दिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend