logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • जनताको काम गर्न प्रदेशले केन्द्रको मुख ताक्ने होइन : सांसद महतो

    जनताको काम गर्न प्रदेशले केन्द्रको मुख ताक्ने होइन : सांसद महतो

    2.8K
    Shares

    जनकपुर । प्रदेश २ का सांसद शत्रुधन महताले आफ्ना जनताको काम गर्न केन्द्र सरकारको मुख ताक्न नहुने बताएका छन् । बुधबार प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताको आवश्यकता पूरा गर्न केन्द्र सरकारलाई कुर्न नहुने बताए । 

    ‘केन्द्र सरकारले गरेन भन्दैमा जनताको आवश्यकता पूरा नगर्ने भन्ने होइन । यसैका लागि संघीयतामा गएका हौँ । मलखादजस्ता आवश्यकता प्रदेश सरकारले पूरा गर्नुपर्छ’, उनले भने, जनताको काम गर्न केन्द्र सरकारलाई कुरिरहनुपर्दैन ।’ 

    प्रदेश २ मा निकै भ्रष्टाचार र अनियमितता हुने गरेको भन्दै उनले यस्ता कार्यलाई रोक्नुपर्ने बताए । साइलक, बस, वारुणयन्त्र खरिदमा भएको अनियमितताबारे प्रदेश जनता जानकार रहेको भन्दै उनले यस्ता कार्यलाई रोकेर प्रदेशको विकास र समृद्धि गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend