logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    चितवनबाट प्रचण्ड र रेणुहरुलाई लखेट्नुपर्छ : जितनारायण श्रेष्ठ 

    चितवनबाट प्रचण्ड र रेणुहरुलाई लखेट्नुपर्छ : जितनारायण श्रेष्ठ 

    5.9K
    Shares

    चितवन । नेपाली कांग्रेस चितवन जिल्ला सभापति  जितनारायण श्रेष्ठले चितवनबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई लखेट्नुपर्ने बताएका छन् । 

    बुधबार चितवनमा आयोजित बधाई शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

    ‘हामीले चितवनबाट रेणु र प्रचण्डहरुलाई लखेट्ने संकल्प गर्नुपर्छ’, चितवन कांग्रेसका सभापति श्रेष्ठले भने, ‘हाम्रो बीचमा एकता छ । हाम्रो बीचमा मनमुटाव छैन । हामी बीचको एकताले चितवनबाट आगामी चुनावमा कम्युनिस्टहरुलाई धुलो चटाएर खेद्नुपर्छ ।’  

    मेयर रेणु दाहालले कांग्रेसलाई वडावडामा पैसा बाढेर कम्युनिस्ट बनाउन लागेको भन्दै उनले आपत्ति जनाए । उनले यो ज्यादती भएको भन्दै माओवादी अध्यक्ष प्रचण्ड पुत्रीसमेत रहेकी रेणुलाई चितवनबाट लखेट्नुपर्ने बताएका हुन् ।

    ‘रेणु दाहालले गरेको ज्यादती । आज हामीले जितेका वडामा गएर पैसा लगेर कांग्रेसलाई कम्युनिस्ट बनाउने रे !’, उनले मेयर दाहालतर्फ प्रश्नगर्दै भने, ‘यसको भण्डाफोर हामीले गर्नुपर्छ ।’ 

    श्रेष्ठले कांग्रेसको महाधिवेशनमा सक्षम उम्मेदवार बन्नुपर्नेमा जोड दिए । उनले आफू पुनः कांग्रेस चितवन सभापतिका लागि नलड्ने भन्दै एउटा पद दुई पटक नखाने उद्घोष गरे ।

    उनले पार्टीलाई गुटबिहीन बनाउनुपर्नेमासमेत जोड दिएका छन् । 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend