logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    बधाई दिने एमाले नेता कार्यकर्तालाई पार्टी छाड्न सूर्य थापाको सुझाव

    बधाई दिने एमाले नेता कार्यकर्तालाई पार्टी छाड्न सूर्य थापाको सुझाव

    4.8K
    Shares

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा (एकिकृत समाजवादी) पार्टीबाट मन्त्री भएकाहरूलाई बधाई दिनेहरूप्रति झोक चलेको बताएका छन् ।

    एमाले पार्टी विभाजन गरेर मन्त्री बनेकाहरूलाई एमालेका नेता र कार्यकर्ताले बधाई दिएपछि थापाले उनीहरुलाई पार्टी छाडेर जान समेत सुझाव दिएका छन् । 

    थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टी विभाजन गरी दुश्मनको सेवक भई मन्त्री बनेकाहरूलाई नेकपा एमालेका कतिपय नेता कार्यकर्ताले बधाई दिएको देख्दा निकै झोक चलेको छ । त्यस्ता व्यक्तिहरू बरू उतैतिर लागे हुन्छ । कमसेकम एस पार्टीका तर्फबाट मन्त्री हुने कुलंगारहरूलाई त बधाई र शुभकामना दिएर पार्टीविरोधी हर्कतमा सामेल नहुनु नि  लाजको परासो ।’

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend