logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • ‘पिउन सुरु गरेपछि’ लिएर आए शिव परियार

    ‘पिउन सुरु गरेपछि’ लिएर आए शिव परियार

    4.3K
    Shares

    shiv pariyar 2.jpg

    काठमाडौं । गायन क्षेत्रमा चर्चित र अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार । गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन् ।

    पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेशन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ । 

    सोही गीतमा मनोरञ्जन उद्योगका सिद्ध हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईँको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्लायाटिनममा गीतको छायाङ्कनको दृष्य देखाइएको छ । यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जलि लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति छ ।

    Shiv pariyar .jpg

    मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गरिएको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ । महान् चार्ड वडा दशैैँको माहोललाई ध्यानमा राखेर खाने पिउने सम्बन्धी गीत भएको गायक परियारले जानकारी दिएका छन् । उनले दर्शकको माया र आर्सीवाद कै कारण यो गीतलाई लामो समयको प्रयास पछि बजारमा ल्याइएको बताए । 

    उनले भने,’हामीले रक्सीको विषयलाई लिएर गीत बनाएका हौ । रक्सी खानुपर्छ र रक्सी राम्रो हो भनेर सोही गीत ल्याएका होइनौँ । समग्र समाजमा भएका कुराहरूलाई गीतमा उतारेको र रक्सी खानेहरूको लागी यही गीतले खुसीको माहौल बन्ने भएको हुनाले हामीले यर्थात कुरालाई थप ऊर्जा थप्नको लागी यो गीत ल्याएका छौँ । हाम्रो काम गर्ने टिम र धेरै मेहनत भएको हुनाले यस गीतलाई दर्शकहरूले सकारात्मक रूपमा लिएर माया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु ।’

     

    उनले कुराकानीको क्रममा भनेका छन् ,’मैले आफूले रक्सी नपिए पनि सङ्गीतमा पिउने कोसिस गरिरहेको छु ।’ पछिल्लो समयमा गायक परियारको धोकेबाज, माया विक्नी रहेछ, तड्पी तड्पी, नभेटी नभेटी, सुनको चन्द्रमा लगायतका गीतहरूले सफलता प्राप्त गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend